आज वि.सं. २०७६ साल असार २५ गते बुधबार, ईश्वी सन् २०१९ जुलाई १० तारिख ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज व्यापार व्यावसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । विलासी वस्तुहरुको उपभोग गर्न पाइने छ । पढाइ लेखाइमा सफलता हात लाग्ने छ । ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा राम्रो आम्दानी हुने योग रहेकोछ । स्वास्थ्य सबल बन्नेछ । संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउनाले प्रशन्नता बढ्नेछ, । नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ । शत्रुहरु आफै परास्त हुनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आज धन तथा सम्पति हात लागि हुनेयोग रहेको छ । व्यापार व्यावसायमा मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने छ । मायाप्रेममा रमाउँने समय रहेको छ । दाम्पत्य जीवनमा पति पत्निबिचको माया बढेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आज बिहानको समयमा व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।कृषि तथा पशुपालन व्यावसायीले पनि मनग्गे लाभ लिन सक्नेछन् । बिद्यार्थीलाई पढ्ने लेख्ने जोस जाँगर बढेर जानेछ । आफन्त तथा प्रिय व्यक्तिसँग टाडिएर देश विदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आज कामगर्ने जोसजागर बढेर आउँने छ । पढाइ लेखाइमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जानेछ । आर्थिक रुपमा सम्पन्न भइनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आज पढाइ लेखाइमा नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।व्यापारमा लगानी गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइनेछ । थोरै लगानीबाट भनेजस्तो आम्दानीगर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर सामिप्यता बढाउन सकिने अवसर प्राप्त हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने तथा आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सकेमा मान सम्मान तथा इज्जतमा बृद्धि भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आज स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोला । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुन सक्छ । बिहानको समयमा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आयआर्जन गर्न सकिनेछ ।आज विदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसायमा प्रसस्त आम्दानीहुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेकोछ । आफन्त तथा दाजुभाईबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाइनेछ । मन प्रशन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज नविन रोजगारी प्राप्त हुने तथा काममा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । आज गरिएको लगानी फस्टाएरु जननेछ, व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माता पिताको सहयोगले समाजमा राम्रा कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आज व्यापारमा थोरै लगानी र समय दिएपनि मनग्गे नाफा कमाउन सकिनेछ । लामो दुरिको यात्राको योग बनेको छ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आज व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले आर्थिक समस्या बढेर जानेछ । हतार गर्ने बानिले अनावस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछिपरेको भान हुनेछ । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार