आज वि.सं.२०७६ साल असार ११ गते बुधबार, ईश्वी सन् २०१९ जुन २६ तारिख

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)– आज व्यापार तथा व्यावसाय फस्टाएर जानेछ । पढनपाढनमा सुधार हुँदै जानेछ भने सहयोगिहरुको सहयोगले थप हौसला बढ्नेछ । माया प्रेममाका लागि समय मध्ययम रहेकोछ ।लामोदुरिको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) -आज स्वास्थ्यमा समस्या आउनसक्छ, सचेत रहनुहोला । बिदेशमा बसेर गरेको व्यापार फस्टाएर जानेछ तर व्यापारमा लगानी गर्न भने केहि समय पर्खनु राम्रो हुनेछ । पढाइमा मन नजाने र अल्छिपना बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ला, विचार गर्नुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) -आज सत्रु परास्त हुनेछन् ।व्यापार व्यावसायमा प्रशस्त आम्दानीहुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानीहुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । दाम्पत्य जीवन सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)- व्यापार व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षा सँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा सफलता मिल्नेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)- आज व्यापार व्यावसायमा लाभ उठाउन बढिनै संघर्ष गर्नुपर्ला । तपाईको धनमाल हराउँन तथा लुटिन सक्छ, सचेत रहनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । माया प्रेम तथा पति पत्नीबिच केहि विषयमा मनमुटाब बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)– व्यापारमा लगानी गरि मनग्गे आम्दानीगर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । उपलब्धि मुलक यात्रा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति प्राप्तीको गतिलो योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)– आज व्यापारमा लाभ हुने योग रहेकोछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । आफन्त तथा मावलि पक्षको सहयोग पाइनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)- व्यापारमा लगानी गरि आर्थिक अवस्था सुधार्न सकिनेछ । अध्ययनमा मन जानेछ तथा आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेको छ । रमाईलो यात्राको तय गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) -कृषि तथा पशुपालनबाट मनग्गे आम्दानीहुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । लामो यात्राको योग रहेको छ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् । अध्ययनमा सुधार भएर जानेछ ।नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले बिषेश पद पाउँने समय छ । छोटो तथा अर्थपुर्ण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) -आज बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- समयको सहि सदुपयोग गरेमात्र प्रशस्त लाभ लिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानी गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै राम्रो रहनेछ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका साथ कहि कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या आउन सक्छ । पढाइ लेखाइमा समय दिएमात्र प्रगति गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार