आज वि.सं.२०७६ साल जेठ १० गते शुक्रबार, तदनुसार ई. सं. २०१९ मे २४ तारिख,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज कर्मसिद्धिको समय रहेको छ । तपाईले आँटेको काममा सफलता मिल्नेछ । व्यापार तथा पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो प्रतिफल आउन सक्छ । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् ।गरेको परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।साथीभाईले तपाईको साथ दिनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज भाग्योन्नतिको समय छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज समय त्यति राम्रो छैन । आज गरेको यात्रा घातक बन्न सक्छ त्यसैले सकेसम्म यात्रामा नजानुहोेला । आज लडाइँ, झगडा र वादविवादमा आकर्षित नभएको जाति हुन्छ । गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्ला ।सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । आज धन, धर्म र भाग्यमा कमी हुने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ ।आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । शरीरमा उमङ्ग र स्फूर्ति बढ्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज स्वास्थ्य सबल रहने छ भने दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । तर्क, विवाद र प्रतिस्पर्धामा विजयी भइने छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छm। आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ ।दिगो फाइदा हुने काम प्रारम्भ गर्नु अघि जान्नेबुझ्नेको सल्लाहलाई मानेको राम्रो हुनेछ । इच्छाशक्ति बढे पनि त्यसले झन् निराशालाई बढावा दिने छ । सन्तति र भाइबहिनीको काममा खट्नु पर्ने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज दबाब र तनाव बढेको महसुस हुनेछ । आँटे अनुसार काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने सम्भावना छ । व्यापारमा अलि बढी समय दिएमा मात्र लाभ लिन सकिने छ ।घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज व्यापारमा मनग्ये धनलाभ हुनेछ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । नयाँ काम सुरु गर्ने समय छ । रोकिएका काम पुनः सुरु हुनसक्छन् । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज बोल्दा विचार गर्नुहोला, विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता प्राप्त हुने छैन । विलासिताका क्षेत्रमा धन खर्चको योग छ ।स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आज अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन ।व्यापारमा घाटा नभए पनि धेरै लाभ हुनेछैन । मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउनसक्छ ।आज मित्रवर्ग र सहयोगीहरूले मनले चाहेजस्तो साथ दिन सक्ने छैनन् । पुराना र रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । घरायसी काममा समय बिताउनु पर्नेछ । अनावश्यक यात्राको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज धननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ ।सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मानसिक एवं बौद्धिक क्षमतामा कमी भएको महसुस हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आज स्वास्थ्य सबल रहनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् ।राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । व्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार