खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिँदै आएको छ ।यो स्वास्थको लागी निकै लाभदायक मानिन्छ । यति मात्र होइन लसुनको आफ्नै परम्परागत महत्व पनि रहेको छ । जसले नकारात्मक शक्तिलाई भगाउन सक्छ । सिरानीमुनि लसुन राख्नुको आफ्नै मान्यता रहेको छ । सिरानी मुनि लसुन राखेर सुत्दा निन्द्रा पर्न गाह्रो हुने व्यक्तिलाइ निद्रा पर्न जान्छ ।लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ । त्यस्तै, सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ । त्यस्तै मिठो निन्द्राका लागी एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्रा पारेर तीन मिनेटसम्म उमालेपछि सेलाउन दिनेएक चिनी चम्चा मह दुधमा मिसाएर पिउने गर्नाले निन्द्रा लाग्छ । तर तयार भएको दुध सुत्नु अघि पिउनु पर्छ ।

यो पनि पढ्नुहोस..गर्मीमा आइसक्रिम खाने बानी छ ? ख्याल गर्नुहोस् –गर्मी मौसम सुरु भएसँगै आइसक्रिम चुस्न कत्तिको सौखिन हुनुहुन्छ ? ख्याल गर्नुहोस तपाईले खाइरहेको आइसक्रिम अखाद्य पदार्थबाट बनेको त छैन ? बजारमा अखाद्य पदार्थ मिसिएका आइसक्रिमहरू छ्यापछ्याप्ती भेटिन थालेका छन् । मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादित आइसक्रिम खुलेआम विक्रि वितरण भइरहेको पाइएको छ । सम समयमा अन्य खाद्ययबस्तुमा प्रशासनले अनुगमन गर्र्दै आएपनि आइसक्रिम, कुल्फी, बरफ लगायतमा अनुगमन गदैन् । आइसक्रिम बनाउन प्रयोग गरिने आइसिङ सुगर अर्थात एक प्रकारको केमिकल प्रयोग हुने र सो केमीकल प्रयोग भएमा मानवस्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । तर व्यापारीहरुले अत्यन्तै धेरै उक्त केमिकल प्रयोग गरेर आइसक्रिम बेचिरहेका छन् ।

आइसक्रिममा प्रयोग हुने स्किन मिल्क पाउडर, काष्टम पिठो, आरारोटको मात्रा नमिलाउँदा पनि आइसक्रिमले मानव स्वस्थ्यमा असर गर्ने डाक्टरहरुले बताएका छन् । खाद्यय विशेषज्ञ पशुपति मीश्रका अनुसार विभिन्न केमिकल र अखाद्य पदार्थ भएका आइसक्रिमहरु ब्जारमा भेटिन थालेका छन् । बजारमा पाइने आइसक्रिममा उत्पादन मिति र म्याद जाने मिति समेत नलेखिएका आइसक्रिम फेला पर्ने गरेको छ । अझ पूर्वी झापामा त यो समस्या निकै बढी छ ।आइसक्रिम तयारी गर्न दूध समेतको आवश्यकता पर्ने र उक्त दूध कसरी फटाइन्छ, दूध फटाउन कस्ता केमिकल प्रयोग गरिन्छ, आइसक्रिम बनाउन कस्तो कलर प्रयोग गरिन्छ, आइसक्रिमको कलर खान योग्य छ कि छैन भनेर समेत लेखाजोखा हुनुपर्ने बेला आएको खाद्यविद्हरू बताउँछन् । बढी केमिकल प्रयोग गरिएका आइसक्रिम, कुल्फी र पेय पदार्थको सेवनबाट बालबालिकालाई गम्भीर असर पर्ने खाद्यविद् मित्रले बताए । बजारमा आउने गरेका आइसक्रिमहरु ल्याब टेस्ट बिनानै बजारमा आउँछन् । तर ति कुल्फीहरूको ल्याब टेस्ट अनिवार्य मानिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार