एजेन्सी । आजकल अस्वस्थकर खानपिन र जीवनशैलीले धेरैजनालाई पत्थरीको समस्या देखिने गरेको छ । शरीरमा पत्थरी भएपछि असहनीय पीडा हुन्छ । गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरमा विभिन्न संकेतहरू देखापर्न थाल्छ । तर हामीमा सानातीना शारीरीक समस्यालाई बेवास्ता गरि बस्ने बानी नै भइसकेको छ । यहाँ यस्ता केही संकेतका बारेमा बताउँछौं, जुन मिर्गौलाको पत्थरी हुनुअघि देखिने लक्षण हुन् । तल पढ्नुहोस्….

पिसाब गर्दा पीडा हुनेः मिर्गौलाको पत्थरीबाट पीडित पिसाब गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ ।

पिठ्युँ दुख्नेः कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलाको पत्थरीको संकेत हो । यो पीडा बिस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पीडा हुन्छ ।

पिसाबमा रगतः पत्थरी लागेको रोगीको पिसाब प्रायः गुलाफी, रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ ।

वाकवाक र पेट गडबडः पेटमा गडबड भएको अनि बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ । यतिखेर बान्ता नै आउन पनि सक्छ ।

ज्वरोः ज्वरो आउनु र चिसो लाग्नु पनि पत्थरीको संकेत हो । मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रम धेरै बढ्छ र ज्वरो आएको जस्तो हुन्छ । यो लक्षणलाई बेवास्ता नगर्नुस् ।

अंग फुल्नेः पेट वा शरीरका अन्य हिस्साहरू फुलेमा अनि मूत्राशयमा समस्या आएमा पत्थरीको लक्षण हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार