असार २७, काठमाडौं । द्रुत गतिमा फिल्म बनाउन मिलन चाम्स अग्रणी छन् । उनी निर्देशक ह्याप्पी डेज र ब्लाइन्ड रक्स रिलिज तयारीमा छन् । बायोपिक बब्बी तालनगरी पोखरामा छायांकन भैरहेको छ ।

चाम्सले सोमबार रोमकम जानराको नयाँ प्रोजेक्ट लिलिबिली निर्माण घोषणा गरे । सबै छायांकन बेलायतको लन्डन र स्कटल्यान्डमा हुने सिनेमा बजेट साढे दुई करोड बताइएको छ ।

लिलिबिली वर्किङ टाइटल हो । फ्लोरमा जानुअघि अफिसियल शीर्षक घोषणा हुने तयारीमा उनी छन् । गतवर्ष नेपालमै सुट भएको मार्भल स्टुडियोको हलिउड फिल्म डक्टर स्ट्रेन्जमा खेलिसकेकी शिल्पा मास्के लिड हिरोइनमा पक्का भएकी छन् ।

यी लन्डन गर्लका लागि लिलिबिली डेब्यु प्रोजेक्ट हुनेछ । निर्देशक चाम्स अर्की एक नायिका र नायक पात्रको खोजीमा छन् । उनले अभिनेता र अभिनेत्रीमा खेल्न इच्छुकले आफूसँग सम्पर्क गर्न अनुरोध गरेका छन् ।

‘फिल्म त्रिकोणात्मक प्रेमकथा नै हो’ चाम्सले भने, ‘दर्शकले यसमाथि इन्जोय गर्न सक्नुहुन्छ ।’ उनले यसअघि पुरै छायांकन लन्डनमा भएको ह्याप्पी डेजलाई पनि यस्तै जानरामा प्रस्तुत गरेका थिए ।

मिलनले आफ्नो कम्पनी चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै कारखाना निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टसँग मिलेर लिलिबिली बनाउन लागेका हुन् ।

चाम्स निर्देशित ह्याप्पी डेज मंसिर १५ गते रिलिज हुँदैछ भने ब्लाइन्ड रक्स बेलायत, चीन, हङकङ र अष्ट्रेलिया रिलिजपछि घरमा प्रदर्शनका लागि रेडी हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार