असार २०, काठमाडौं । आज फिल्म निर्देशक निलु डोल्मा शेर्पाको स्वयम्भुस्थित आर्यघाटमा अन्येष्टि गरिएको छ ।उनको शनिबार आफ्नै घरमा मृत्यु भएको थियो ।

निलुको आमा अष्ट्रेलियाबाट फर्किएपछि मात्र निलुको अन्तिम संस्कार गरिएको हो । आज निलुको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वयम्भु आर्यघाटमा राखिएको थियो । उनको पार्थिव शरिरमा अन्तिम श्रृद्धाञ्जली दिनका लागी थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो ।

 

‘हाउ फन्नी’ चलचित्रको निर्देशक निलुले ‘पुण्टेपरेड’ चलचित्रमा मुख्य भुमिकामा काम गरेकी थिइन् । यसका साथै उनले फिल्म ‘सुनगाभा’ मा मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार