जेठ १३, भारत । चर्चित बलिउड अभिनेता अजय देवगनले पिता गुमाएका छन् । उनका पिता वीरू देवगनको ह्रदयघातका कारण आज ज्यान गएको हो । अजय सामान्यतया चलचित्रहरुमा दर्शकलाई मनोरञ्जन अर्थात हास्य पात्रको रुपमा देखा पर्ने गर्छन । उनले केही भावनात्मक अनी द्धन्द भएका दृश्यहरु पनि दिएका छन् । पर्दामा दर्शकलाई हसाँउने उनले आज आफ्नै पिताको लाशलाई काँधमा बोक्नुपर्दा उनी मलिन देखिएका थिए । सायद अजयका लागि यो सबैभन्दा दुःखको क्षण हो ।

अजयका पिताको अन्तिम संस्कारमा सबै बलिउड कलाकारहरु देखिएका थिए । ऐश्वर्या राय बच्चन आफ्ना श्रीमान अभिषेक बच्चनसँगै श्रदाञ्जली सभामा गएकी थिईन । अमर उजालाले पाएको जानकारी अनुसार वीरू देवगन खाना खाँदै गर्दा अचानक लडेका थिए । काजोल (बुहारी) ले उनलाई अस्पताल लिएर त गईन तर बचाउन सकिनन् । उत्ता बुवा बिरामी भैरहँदा अजय भने फिल्म सिटी ‘में तानाजी’ को शूटिंगमा व्यस्त थिए । वीरू देवगनले हिन्दी सिनेमाजगतमा करीब ८० भन्दा धेरै चलचित्रहरुमा द्धन्द निर्देशन गरेका थिए । उनले थुपै्र चलचित्रहरुमा निर्देशकको भुमिका निभाएका थिए ।

अभिनेता अजय देवगनका बुवा वीरु देवगन सन् १९६७ मा चलचित्र ‘अनिता’ मा स्टन्टम्यानका रुपमा बलिउड प्रवेश गरेका थिए । उनी पञ्जाबको अमृतसरमा बस्ने गरे पनि केही समयदेखि बिरामी रहेकाले मुम्बईको सान्ताक्रुज अस्पतालमा उपचाररत थिए । मुम्बईमा सोमबार साँझ नै अन्तिम संस्कार गरिने भएको छ । ८० को दशकमा उनले थुप्रै चर्चित चलचित्रमा काम गरेका छन् । उनले काम गरेका चर्चित फिल्महरुमा ‘दिलवाले’)१९९४), ‘हिम्म्तवाला’(१९८३), ‘शंहशाह’ (१९९८) रहेका छन् । वीरुले १५० भन्दा बढी चलचित्रका स्टन्टको कोरियोग्राफी गरेका छन् । सन् १९९९ बनेको ‘हिन्दूस्तानकी कसम’ बाट उनले निर्देशनमा डेब्यू गरेका थिए । यस फिल्ममा अमिताभ बच्चन, मनिषा कोइराला, अजय देवगन, सुश्मिता सेनलगायतका कलाकारको अभिनय रहेको थियो । वीरु देवगनका श्रीमती वीणा अजय देवगन र अनिल देवगन गरी दुई छोरा र नीलम र कविता गरी दुई छोरी रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार