जेठ १२, काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं। ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठकी दुई छोरी रुबिशा र एलिशाले बिश्वकिर्तिमानी राख्नका लागी ४० घण्टाको नृत्य सुरु गरेका छन् । एक महिना अघिनै पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको यो कार्यक्रम शनिबार (जेठ ११)बाट सुरु भएको हो ।नृत्यको बिधामा युगल नृत्य गरेर एकै घरका दुई दिदीबहिनीले गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन कस्सिएका हुन् । शनिबार बिहान ठिक ९ बजेबाट उनीहरुले नृत्य सुरु गरेका हुन् । रुबिशा र एलिसा यसअघि युएसको २८ घण्टा ३० मिनेटको रेकर्ड तोड्ने दौडमा छन् ।

कार्यक्रम पुर्व खेलकुद मन्त्री राजन कुमार केसीले समुद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै केसीले एउटा जोखिमपुर्ण काम गर्न लागेको भन्दै दुई दिदी बहिनीलाई सफलताको शुभकामना दिए । यस्तै चन्द्रागीरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायतको उपस्थिती रहेको थियो । यसअघि नृत्य बिधामै नेपाली चेली बन्दना नेपालले पनि १ सय २६ घण्टा लगातार नाँचेर बिश्वकिर्तिमानी राखेकी थिइन् । बन्दनाको एकल नृत्य थियो भने रुबिशा र एलिशाले रेकर्ड राख्न खोजेको बिधा भनेश् युगल नृत्यको बिधा हो । आज रातको १ बजे अर्थात सोमबार बिहान १ बजे टार्गेट समय सकिनेछ । साथै सोमबार बिहान ७ बजे समापन कार्यक्रम राखिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार