अभिनेता वरुण धवन अधिकांश समय प्रेमिका नताशा दलालका साथ देखिन्छन् । यी दुवैले छिट्टै नै विवाह गर्ने खबर पनि चर्चामा रहेको छ ।तर वरुणकी एकजना महिला फ्यानलाई भने वरुण धवन र नताशा दलालको निकटता चित्त बुझेको छैन । यसै कारण उनले नताशा दलालको ज्यान मार्ने धम्की दिएकी छिन् ।यतिबेला अभिनेता वरुण धवन उनको फिल्म ‘कलंक’ को प्रमोशनमा व्यस्त छन् । यसैबीच एकजना महिला फ्यानले वरुण धवनको मुम्बईको जुहुस्थित घर अगाडि आएर वरुणलाई भेट्न नपाएपछि उनकी प्रेमिका नताशा दलालको ज्यान मार्ने धम्की दिएकी छिन् ।

ती महिला वरुणको घर अगाडि आएर सुरक्षा गार्डसँग वरुणलाई भेट्ने भन्दै जिद्दी गर्न थालिन् । सुरक्षामा खटिएका कर्मचारीहरुले वरुण धवन घरमा नभएकाले भेट हुन नसक्ने बताएपछि उनी भड्किएकी थिइन् । त्यसपछि उनी रिसाउँदै भन्न थालिन्, ‘ म नताशालाई मारिदिन्छु ।’ सुरक्षा गार्डहरुका अनुसार ती महिला कैयौं दिनदेखि वरुणको घर वरपर चक्कर लगाइरहेकी थिइन् । अधिकांश फ्यानहरु फूलका गुच्छा, गिफ्ट वा म्यासेज छोडेर फर्कने गर्थे, तर ती महिलाले भने वरुणसँग भेट्ने जिद्दी गर्दै नतासालाई ज्यान मार्ने धम्की दिइन् । उनले करिब ४५ मिनेटसम्म सुरक्षा गार्डसँग झगडा गरेपछि अन्त्यमा प्रहरीलाई बोलाइएको थियो ।वरुण धवनले ती महिला फ्यानले आफ्नी प्रेमिका नताशा दलालको ज्यान मार्ने धम्की दिएको थाहा पाएपछि तुरुन्तै प्रहरी कार्यालय गएर उजुरी दर्ता गराएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार