असार ०२, काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ । नेपाल सरकार
शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान गरेको हो । आयोगले सोमवार विज्ञापन प्रकाशन गरी प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट अध्यापन अनुमति पत्रको लिखित परीक्षामा सहभागी हुनको लागि अनलाईन दरखास्त आव्हान गरेकोे हो ।

दरखास्त अनलाइनमार्फत दिन सकिने छ । त्यसका लागि आयोगको वेबसाइट www.tsc.gov.np मा गएर फारम भर्न सकिने छ । इच्छुक आवेदनकर्ताहरुले यही असार २२ गतेसम्म दरखास्त दिन सक्नेछन् भने त्यसपछि थप ७ दिन अर्थात २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आदेवन दिन सकिने आयोगले जनाएको छ ।

दरखास्त भर्ने विधिः आयोगको वेबसाइट www.tsc.gov.np मा रहेको Online application माध्यम मार्फत फाराम भर्न सकिनेछ । दरखास्त भर्ने विधिबारे आयोगको वेबसाइटबाट जानकारीलिन सकिनेछ ।

आयोगको सूचना हेर्न यहाँ CLICK गर्नुहोस्ः

https://drive.google.com/file/d/1MdZRtJM-IpsLyuBf1VTDWO__fcfrVhb-/view

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार