काठमाडौं, २३ चैत । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा अब अनुत्तिर्ण भएको विषयमा तारा ९स्टार० चिह्न हट्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको जानकारी दिए ।यसअघि एसएलसीको लब्धाङ्कपत्रमा पनि अनुत्तिर्ण विषयमा स्टार चिन्ह राखिने गरिएकोमा हटाईएको थियो । हाल भने एसईई ग्रेडिङ सिस्टममा सञ्चालित छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार