एनसेलले शुरु गर्यो ‘एनसेल फर बिजनेश’, गेन एडभान्टेज फाईदाहरू रहने..

काठमाडौं, १९ असार । एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विषेश समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ ।उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधीहरु, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । समारोहमा पाहुनाहरुलाई लाइभ ज्याज व्याण्डको सुमधुर संगीतले स्वागत गरिएको थियो ।प्रमुख वक्ताका रुपमा रहेका साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग टेक्नोलोजि ट्रेन्डस्का बारेमा आफनो प्रस्तुती राख्दै समारोहको शुरुवात गरेका थिए ।

प्रविधिले प्रत्येक क्षेत्र, उद्योग र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारे उनले बताए । “केहि समय अगाडी सम्म मात्र पनि व्यवसायहरु एक भिन्न रुपमा छुट्टा छुट्टै संचालनमा रहन्थे । अहिले हामी यस्तो समयमा छौं जहाँ प्रविधिले हरेक क्षेत्रमा मुख्य भुमिका निर्वाह गर्दछ । आफ्नो ग्राहकको सहि मूल्य र पहिचानले व्यवसायहरुलाई फाइदा पुगेको छ ।”यस पश्चात एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेका थिए ।

उनले कसरी डिजीटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नवीन सेवा तथा व्यवसायहरूलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पारे । उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधैं सँगै’ को बारेमा पनि पाहुनाहरुलाई जानकारी गराए । “हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छौं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हाषिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा ईन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छौं ।”

चोङ्गले ‘एनसेल फर बिजनेश’ का बारेमा उत्साह प्रकट गर्दै भने, “एनसेल फर बिजनेश (एनफोरबी) मार्फत व्यवसायहरुका निमित्त नविन ईन्टरप्राइज सेवाहरु ल्याउन पाउँदा हामी एकदम हर्षित छौं । यो सेवा ठूला र साना व्यवसायहरुलाई उहाँहरुको सम्भावनाले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्न अनुकूलित छ । यसले हाम्रा ईन्टरप्राइज ग्राहकहलाई उहाँहरुको लक्ष्य प्राप्ति अर्थात आफ्नो गोल गेन गर्न सहगोग गर्दछ । त्यसका लागि चहिने पुर्वाधार, उच्चस्तरको नेटवर्किङ्ग, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न यो सेवाले सहयोग प्रदान गर्दछ । एनसेल फर बिजनेश ९एनफोरबी० विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्तस्तरको कनेक्टिभीटी र डिजिटाईजेसनको लाभ लिन अवसर प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम शुरु गरेका छौं । ”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार