जेठ २३, काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार  पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले जनाएको छ । मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ ।भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए । डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

यो पनि पढ्नुहोस.. यात्रु नपाएपछि नेपाल एअरलाइन्सको जापान उडान स्थगित….नेपाल एअरलाइन्सको जापान उडान फेरि स्थगित भएको छ ।१२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै हप्तामा ३ वटा उडानको तालिकासहित भाडा पनि तोकेको थियो । तर टिकट बुकिङ खुलाएको लामो समयसम्म पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।

नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ । निगमले सन १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने दाबी गरे पनि असफल भएको हो । नेपालीहरुको बसोबास रहेको नारिता शहरमा उडान भर्ने तयारी भए पनि निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यात्रु नपाउने शहर ओसाका उडानलाई प्राथमिकता दिनुभएको थियो । ओसाकामा उडान गर्दा गर्दा यात्रु नपाउने सुझाव लत्याउँदै तालिका सार्वजनिक गरेको थियो ।

लामो दूरीमा उडान भरेर निगमलाई उकास्ने भन्दै निगमले पोहोरको असार र साउनमा २४ अर्ब रुपैयाँ खर्चेर एअरबस ३३०–२२० सिरिजका २ वटा जहाज ल्याएको थियो ।निगमले नयाँ जहाजमार्फत दक्षिण कोरिया, जापान र चीनमा उडान भर्ने जनाएको थियो । तर कमजोर व्यवस्थापनका कारण लामो दुरीमा उडान भर्न नसक्दा २ सय ७४ सिटे वाइडबडी जहाज पनि छोटा र मध्यम दुरीमै खुम्चिएका छन अहिले निगमका एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ ५७५ सिरिजको जहाजले मुम्बई, दिल्ली, बेंग्लोर, हङकङ, दुबई, कतार र मलेसियामा उडान गदै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार