बैशाख २८, काठमाडौ । चीनमा सबैलाई हैरान बनाउने एउटा घटना भएको छ । अहिले त्यो घटनाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । एक व्यक्ति आफ्नो कान चिलाउने समस्याका कारण निकै हैरानीमा थिए, जसको उपचारको लागि उनी डाक्टरकोमा गए । ती बिरामीको नाम ली हो । डाक्टरले जब उनको कानको जाँच गरे तब सबै जना हैरान भए । किनकी उनको कानमा माकुराले जालो बुनिरहेको भेटियो । पहिला डाक्टरले पनि सामान्य जाँच गर्दा पत्ता लगाउन सकेका थिएनन् । तरपछि माइक्रोस्कोपको सहायताबाट कानभित्र आठ वटा खुट्टा भएका एक जीव देखियो । डेली मेलमा छापिएको रिपोर्टका अनुसार, ली को कानभित्र माकुरा थियो । माकुराले जालो पनि बनाइरहेको थियो । डाक्टरले औषधीका केही थोपा ली को कानमा राखेपछि कानभित्र रहेको माकुरा बाहिर निस्कन बाध्य भयो । यो पूरै प्रक्रियलाई रेकर्ड गरेर अनलाइन शेयर गरिएको थियो । यदी कसैलाई पनि धेरै नै कान चिलाउने समस्या छ भने तुरुन्त चिकित्सककोमा उपचारका लागि जान सुझाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार