फागुन २८, काठमाडौँ । छोरीको बिहे गराउनका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका छन् । आफ्नी छोरीसँग विवाह गर्ने केटालाई उनले इनामस्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

तर, ५८ वर्षका ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्तस्वरुप केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्नेछ भने दोस्रो, केटा मेहनति तथा लगनशील हुनुपर्नेछ । यस्तै तेस्रो सर्तमा केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने उल्लेख छ ।

अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई इनाम दिने घोषणा गरेका हुन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् । उनकी छोरी कर्निता अहिले २६ वर्षकी भइन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको बताइएको छ । छोरीको बिहे हुन नसकेको चिन्ताले गर्दा एक कृषि फार्मको मालिक रहेका उनले यस्तो घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार