पुस २८, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) को तेस्रो खेलमा महंगो साबित भएका छन् । भने उनको टिम पराजित भएको छ । उनको टिम ढाका डाईनामाइट्ससँग ३२ रनलृ पराजित भएको हो ।

सिलेट सिक्सर्सका लागि सन्दीपले शनिबार विकेट लिन सकेनन् । ढाका डाईनामाइट्सविरुद्धको खेलमा चार ओभर बलिङ गरेका सन्दीपले बिना विकेट ३३ रन खर्चिए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डाइनामाइट्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७३ रन बनाएको छ । डाइनामाइट्सले सन्दीपको टोली सिलेट सिक्सर्सलाई जितको लागि एक सय ७४ रनको लक्ष्य दिएको छ ।

सन्दीप सम्मिलित सिक्सर्सले यसअघि एक जित र एक हारको नतिजा निकालेको थियो । बीपीएलको डेब्यु खेलमा चार ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिएका सन्दीप दोस्रो खेलमा पनि विकेट विहिन बनेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार