एजेन्सी, ८ जेठ । रसिया विश्वकपको प्रमुख दाबेदार मानिएको लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले गएराति क्रोएशियासँग लज्जास्पद हार बेहोर्न बाध्य भयो । विश्वभरका अर्जेन्टिनाका फ्यान निराश बने । कारण, कप्तान लियोनल मेस्सीको खराब प्रदर्शन । यसपटक उनको अन्तिम विश्वकप हुने र यसमा उनले उच्च प्रदर्शन गर्नेमा फ्यानहरु आशावादी थिए तर ठीक विपरीत नतिजा आइदिँदा विश्वकपले अर्कै मोड लिएको छ ।

क्रोएशियाले ३-० गोल अन्तरले म्याच जित्दा अर्जेन्टिना अर्को चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समुहचरणको पहिलो खेलमा आइसल्याण्डसँग अंक बाँडेको अर्जेन्टिनाको मात्र १ अंक छ । यस्तो अवस्थामा अन्तिम १६ मा पुग्न उसले अरुको नतिजामा भर पर्ने हुन्छ । क्रोएशियाको दुई खेलमा जीत हासिल गर्दै ६ अंक प्राप्त गरेको छ भने नाइजेरियाको अंक शुन्य छ ।आजको खेलमा आइसल्याण्डलाई नाइजेरियाले रोक्न सकेमा र अर्जेन्टिनाले बाँकी एक खेल आफ्नो पक्षमा पारेमा छनोट हुने सम्भावना जीवितै रहनेछ ।

आठबुँदे समझदारी, १४ बुँदे संयुक्त प्रेस वक्तव्य

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछियाङबीच औपचारिक वार्ता सकिएपछि चिनियाँ समयअनुसार मध्यरातमा १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । वक्तव्यमा एकअर्काको सुरक्षा चिन्ता सम्बोधन गर्ने, आआफ्नो विशेषताको राजनीतिक प्रणाली तथा स्वतन्त्रतालाई सम्मान गर्ने, सुपुर्दगी सन्धिका लागि वार्ता गर्नेदेखि सीमा सुरक्षामा सहकार्य गर्नेसम्म उल्लेख छ ।

संयुक्त वक्तव्यमा दुवै पक्षबीच द्विपक्षीय परामर्शदातृ संयन्त्र, संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकलगायत विद्यमान द्विपक्षीय संयन्त्रलाई पूर्णतया उपयोग गर्ने उल्लेख छ ।सरकारका मन्त्रालय, विभाग, सांसद र राजनीतिक दलसहित हरेक तहमा संयन्त्र निर्माण तथा भ्रमण आदानप्रदान गर्ने पनि बक्तव्यमा उल्लेख छ ।

‘दुवै पक्ष कानून कार्यान्वयन गर्ने निकाय ९प्रहरी०को तालिम, क्षमता अभिबृद्धि, सूचना आदनप्रदानमा सहकार्य थप बढाउन सहमत भएको छ, दुवै पक्ष अपराधसँग समबन्धित बिषयमा आपसी कानूनी सहायता सन्धीम तथा सुपुर्दगी सन्धीमा छलफल गर्न सहमत भएको छ’ संयुक्त बक्तव्यमा भनिएको छ ।सीमा क्षेत्रमा अवैधानिक सीमापार तथा सीमापार अपराधजस्ता बिषयमा स्थानीय प्रशासनबीच सहकार्य बढाउन दुवै पक्षबीच नागरिक तथा सुरक्षा कर्मीहरुको भ्रमण आदनप्रदान तथा क्षमता अभिबृद्धि गर्न सहमत भएको पनि बक्तव्यमा उल्लेख छ । यसैगरी सीमा सुरक्षा तथा व्यवस्थापनका लागि सीमा व्यवस्थापन प्रणाली सम्झौतामा थप छलफल गर्ने पनि सहमति भएको छ ।

बीआरआईको समझदारी कार्यान्वयन गर्ने, ट्रान्स हिमालयन मल्टी डाइमेन्स्नल कनेक्टिभिटी नेटवर्क अन्तर्गत सडक, रेलवे, बन्दरगाह, हवाई तथा सञ्चार कनेक्टिभिटीमा सहकार्य गर्ने पनि सहमति भएको छ ।नेपालद्धारा प्रस्तावित रोड कनेक्टिभिटी, रेलवे कनेक्टिभिटी, हाइड्रो तथा प्रशारण लाइन निर्माण परियोजनाका लागि लगानी मोडालिटी टुंग्याउन थप छलफल गर्ने सहमति भएको पनि संयुक्त वक्तव्यमा उल्लखे छ ।

स्रोतका अनुसार केरुङ काठमाडौं पोखरा लुम्बिनी रेलमार्ग निर्माणका लागि नेपालले चीनबाट ८० प्रतिशत, नेपालबाट २० प्रतिशत लगानीका लागि प्रस्ताब गरेको छ । यसमा थप छलफल गर्न चीन तयार छ ।नेपालले लगानीको वातावरण र थप सहज वातावरण निर्माण गर्ने स्पष्ट पार्दै पूर्वाधार निर्माण तथा अन्य उत्पादनशील क्षेत्रमामा चिनियाँ लगानी को अपेक्षा गरेको बक्तव्यमा उल्लेख छ । यसका लागि लगानी प्रक्रिया, कर, भिसा, नियमकानून थप सहज बनाउने नेपालले प्रतिबद्धता जनाएको छ ।

संयुक्त बक्तव्यमा खासा÷जाङ्मु ९तातोपानी नाका० यथाशीघ्र सुचारु गर्ने, केरुङ जिलोङ सुख्खा बन्दरगाह सञ्चालन गर्ने, अरनिको राजमार्ग मर्मत सम्भार गर्ने, स्याफ्रुबेसी रसुवागढी राजमार्ग स्तरोन्नति गर्ने, हिल्सास्थित कर्णाली नदीमा पुल निर्माण गर्ने पनि उल्लेख छ ।रेलवे सञ्जालमा सहकार्यका लागि समझदारी भएकोमा दुवै पक्षले प्रशन्नता व्यक्त गरेकोमा दुवै पक्षले प्रशन्नता व्यक्त गरेका छन् । यो दुईपक्षीय सहकार्यको इतिहासको सबैभन्दा महत्वपूर्ण पहलकदमी भएको पनि दुवैको निस्कर्ष छ । यसले सीमापार कनेक्टिभिटीको नयाँ युग प्रारम्भ भएको पनि दुवै पक्षको निस्कर्ष छ । रेलवे सहकार्यका लागि सरकारी विभागहरुबीच दीर्घकालिन सञ्चार संयन्त्र निर्माण गर्ने सहमति भएको पनि बक्तव्यमा उल्लेख छ । रेलवेका लागि चिनियाँ पक्षले प्रविधि, व्यक्तिगत तहमा तालिम लगायतका सुविधा प्रधान गर्न सहमति जनाएको छ ।

द्धिपक्षीय हवाई सम्झौता अनुसार नेपाल र चीनबीच उडान विस्तार गर्ने तथा पोखरा अन्तराष्र्टि«य विमानस्थलको निर्माणलाई गति दिएर शीघ्र सञ्चालनको लागि दुवै पक्षले समन्वय गर्ने पनि सहमति भएको छ ।नेपालले पहिचान गरेका स्थानमा तेल भण्डारण केन्द्र र्निाण गर्ने, नेपालमा तेल तथा ग्यास स्रोतको अनुसन्धानका लागि सम्भाव्ययता अध्ययन गर्न चीनले सहयोग गर्ने पनि संयुक्त बक्तव्यमा उल्लेख छ । विद्यालय, सम्पदा निर्माणमा सहयोग गर्ने पनि चिनियाँ प्रतिवद्धता छ ।नेपाली पक्षले सीमापार विद्युतीय प्रशारण लाइन निर्माणमा सहयोगका लागि आग्रह गरेकोमा चिनियाँ कम्पनीहरुले यसको सम्भाव्यता अध्ययन गर्न उत्साह देखाएको बक्तव्यमा उल्लेख छ ।

कोशी, कर्णाली र गण्डकी गरी तीनवटा उत्तरदक्षिण आर्थिक कोरिडोर निर्माणलाई तीब्रता दिन सम्भाव्यता अध्ययनका लागि दुवै पक्ष सहमत भएका छन् ।दुवै पक्षलाई फाइदा हुने गरी स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन टुंग्याउने, केन्द्रिय र स्थानीय तहमा सीमापार आथिृक क्षेत्रहरु निर्माण गर्नेपनि सहमति भएको छ । नेपाल चीन सीमाक्षेत्रमा सुख्खा बन्दरगाह निर्माणगर्ने सहित आगामी नोभेम्बरमा संघाईमा आयोजना हुने चाइना इन्टरनेशनल एक्सपोमा चीनले नेपाललाई स्वागत गर्ने पनि सहमति भएको छ ।

चिनियाँ लगानीका बैंकका शाखा नेपालमा विस्तार गर्ने, प्रकोपपश्चातको पुनर्निर्माणमा सहयोग गर्ने पनि सहमति भएको छ ।पर्यटनमा काम गरिरहेका व्यवसायीहरुका लागि नेपालमा थप चिनियाँ भाषा तालिम केन्द्र स्थापना गर्न हरेक बर्ष ४ सय वटा तालिम अबसर सिर्जन ागर्ने पनि चीनले बचन दिएको छ । सार्क, सांघाई कोपरेसन अर्गनाइजेसनजस्ता क्षेत्रीय मञ्चमा थप सहकार्य गर्ने, अन्तराष्र्टिय मञ्चमा कतिपय बिषयमा साझा धारणा बनाउने बिषयमा पनि सहमति भएको बक्तव्यमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार