असार ८, काठमाडौं । क्रोएसियासँग पराजित भएसँगै साविकको उपविजेता अर्जेन्टिना जारी विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

गएराति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोल अन्तरले पराजित गर्‍यो । क्रोएसियाको जीतमा मोड्रिक, र्‍याकिटिक र रेबिकले १-१ गोल गरे ।

खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । गोलकिपर विली क्याबालेरोको गल्तीबाट पहिलो गोल खाएको अर्जेन्टिना त्यसपछि खेलमा फर्किन सकेन । हारसँगै २ खेलबाट अर्जेन्टिनाको खातामा जम्मा १ अंक छ । जीतसँगै ६ अंक जोडेको क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ ।

समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग खेल्नेछ । सो खेल जितेर मात्र अर्जेन्टिना अघि जान सक्ने छैन । बाँकी खेलको नतिजा पनि आफू अनुकूल आउनुपर्नेछ ।

पेरुलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स रुसमा जारी विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा कलियन एमबाप्पेले गरेको एकमात्र गोल फ्रान्सको जितमा निर्णायक बन्यो ।हारसँगै पेरुको भने एक खेलअगावै विश्वको अन्तिम १६ मा स्थान बनाउने सम्भावना सकिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार