जारी विश्वकप फुटबल अन्र्तगत समूह डीमा रहेका अर्जेन्टिना र क्रोएसिया विचको खेलमा अर्जेन्टिना पराजित भएको छ । उसलाई क्रोएसियाले ३-० ले पराजित गरेको हो । क्रोएसियाका लागि इभान रान्टिकले 1 , एन्टी रेबीक 1 तथा लुका मोड्रिकले एक गोल गरे । सन् २०१४ को विश्वकपको उप–विजेता अर्जेन्टिना अहिले फिफा बरियतामा पाँचौ स्थानमा छ । क्रोएसिया १८ औं स्थानमा रहे पनि अर्जेन्टिनाले नवप्रवेशी टोली आइसल्याण्डसँग बराबरी खेलेपछि एक अंकसहित तेस्रो स्थानमा छ ।
आजको खेलमा क्रोएसिया विजयी भए प्रि–क्वार्टरफाइलनमा प्रवेश सहज भएको छ । समकालीन फुटबलर रोनाल्डो र मेस्सीमध्ये अहिले मेस्सी बढी दबाबमा छन् । रोनाल्डोले पहिलो खेलमै ह्याट्रिक गरेर आफूलाई सावित गरिसकेका छन् । साथै दोस्रो खेलमा पनि मोरक्कोविरुद्ध निर्णायक गोल गरेका रोनाल्डोले वाहवाही बटुलिरहेका बेला मेस्सीको भने आलोचना भैरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार