फागुन २८,काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ५ विकेटले जितेको छ ।हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले सहत जित निकालेको छ । नेपालको जितमा सन्दिप लामिछाने र सोम पाल कामी नायक बने । सोमपालले छैटौ विकेट को लागि रोहित पौडेलसँग ८९ रनको पाटनरसिप गरेपछि नेपालको सहज बनेको हो ।

नेपालको खेलमा पाचौ विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी आउट भए । उनी २९ बलमा १२ रन बनाई आउट भए । चौथो विकेटका रुपमा आरिफ शेख आउट भए । उनी ९ बलमा २ रन बनाई आउट भए ।
नेपालका भरपर्दा ब्याट्सम्यानका रुपमा चिनिएका पारस खड्का नै आउट भएका छन् । उनी १४ बलमा ११ रन बनाई आउट भए । ओपनिङ ब्याट्सम्यानका रुपमा आएका ज्ञानेन्द्र मल्ल र अनिल साह दुबैजना आउट भएका हुन् ।

अनिलले ३६ बल खेल्दै ५ चौकाको मद्दतमा २६ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले ३१ बलमा १ छक्काको मद्दतमा १२ रन बनाउँदै आउट भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार