फागुन २८, काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका छन् ।

हङकङका सहिद वासिकलाई उनले १ रनमा आउट गराएका हुन् । यसअघि सन्दीपले नै हङकङका अंशुमन रथलाई १ रनमा आउट गराएका थिए ।

यसअघि सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा बाबर हायतलाई २० रनमा आउट गराएका थिए ।

बसन्त रेग्मिले हङकङको पहिलो विकेट लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार