असार ३, काठमाडौं । आज बिहान करिब ११ बजे काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा विद्युत सर्ट भई आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले बताएको छ ।

आगलागीमा परी अन्य ७० गाई घाइते भएका छन् ।घाइते गाईको उपचार भइरहेको छ ।प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ । फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए ।

नेपाल प्रहरी, स्थानीयबासी र दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिगिएको प्रहरीले जानकारी दिएको छ ।

हेर्दाहेर्दै एक सय १९ गाई जले….

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार