फागुन २८, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ अज्ञात समूहले गोली प्रहार गरेको हो ।

प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे ।उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

केही दिनअघि घोडाघोडी–५ की राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट हुँदा पनि मूकदर्शक बनेको भनेर चौधरीको आलोचना भएको थियो । त्यही घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार