वैशाख १७, काठमाडौं । आउँदो वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनको लागि सबै दलहरु विकास र समृद्धिका एजेन्डा बोकेर घरदैलो अभियानमा लागेका छन् । निर्वाचन आउन २ हप्ता मात्र बाँकी छँदा निर्वाचनमा खटिएका राजनीतिक दलहरु कसरी धेरै मत आफ्नो पक्षमा पार्ने भन्ने ध्यानमा लागेका छन् । यतिखेर नुवाकोट जिल्लामा पनि निर्वाचनको चहलपहल छाएको छ । झण्डै दुई दशकको समयमा हुने लागेको निर्वाचनमा जिल्लास्तरका सबै पार्टीका नेता तथा कायकर्ता उत्साहका साथ गाउँगाउँमा पसेर भोट माग्न थालेका छन् । निर्वाचनमा टिकट हात पार्ने र जित्ने विश्वास लिगेर नेताहरु लाखौँ रुपिँया खर्च गरी चुनावी अभियानमा जुटिसकेका छन्। निर्वाचनले सर्वसाधरणमा समेत उत्साह थपिएको छ ।धेरै बर्षसम्म गाउँमा अनुहार नदेखाई सदरमुकाम, राजधानी लगायतका ठाउँमा व्यापार व्यवसाय गरेर बसेका नेता कार्यकर्ता समेत निर्वाचन मिति घोषणा भएपछि टिकट पाउने आशमा गाउँघर पुगेका छन्।

नुवाकोटका सबै स्थानिय तह जित्छौः काङ्ग्रेस

कांग्रेसले नुवाकोटका १२ वटै स्थानीय तहमा विजयी हुने दाबी गरेको छ । जिल्ला नेता रमेश महतले अघिल्लो संविधानसभामा तीनवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेकाले स्थानीय तह पनि जित्ने लक्ष्य राखेको बताए । नेपाली काङ्ग्रेस बाट बिदुर नगरपालिकाको मेयरमा पुराना नेता धुर्व अधिकारी लड्ने बताईएको छ भने उपमेयरमा महिला नेतृ बिन्दा अर्याल लड्ने बारे सहमती बनेको छ । पुराना, अनुभबी र सादा जिवन उच्च बिचारका धनी अधिकारिको पक्षमा बिस्तारै माहोल बढ्दै गईरहेकाले उनको जित सुनिश्चीत जस्तै देखिन्छ । दोश्रो ठूलो दल नेकपा एमालेबाट भने विदुर नगरपालिकाको पुर्व मेयर ठाकुरप्रसाद गजुरेल र शरण उत्सुक सापकोटा मध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना बढेको बुझिएको छ । गजुरेल अन्य पार्टी हुँदै एमालेमा प्रवेश गरेको भएपनि यस अघि एमालेबाटै विदुर नगरपालिकाका मेयर निर्वाचित भएका थिए । यस्तै बेलकोटगढि नगरपालिकामा सभासद समेत रहेका नुवाकोट काङ्ग्रेसका सभापती जगदिश्वर नरसिंह केसी लड्ने बताईएको छ । यस्तै जिल्लाका अधिकांश गाउपालिकामा पनि नेपाली काङ्ग्रेसका उमेदवार ले बिजय हासिल गर्न सक्ने सम्भावना बढ्दै गएको छ । किस्पाङ गाउँपालिका, ककनी गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउपालिका मा समेत जितीने भन्दै नेता कार्यकर्ता चुनाबी अभियानमा लागिपरेका छन् । आन्दोलनबाट पुनर्स्थापित लिखु गाउँपालिकामा नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नं २ का क्षेत्रीय सभापती धुर्व श्रेष्ठ लड्ने तय भएको छ । बिगतको दुबै स्थानिय चुनावमा चौघडाबाट गाबिस अध्यक्ष बिजयी बनेका श्रेष्ठको चौघडा र खानिगाउँमा राम्रो प्रभाव रहेकाले उनले चुनाब जित्न सक्ने अनुमान छ । यस्तै सिबपुरी गाउपालिकाबाट नेपाली काङ्ग्रेसका पुराना नेता एवम महासमिती सदस्य रामकृष्ण थापा प्रमुखमा लड्दैछन । यस्तै तादी गाउपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका महाधिवेसन प्रतीनिधी एवम सो क्षेत्रका स्थापित नेता बिषम रिमाल लड्दैछन । रिमाल अन्य उमेदवार भन्दा सो क्षेत्रमा अगाडी रहेको बताईन्छ । तारकेश्वर गाउपालिका प्रमुखमा पर्यटन पत्रकार शिव अधिकारिको चर्चा छ । यस्तै जित्न सक्ने वडा अध्यक्षका प्रत्यासिमा सुर्यगढी गाउपालिका वडा नम्बर १ लच्याङ – सिहबहादुर तामाङ वडा नम्बर २ बागेश्वरी – बाशुदेव अधिकारि वडा नम्बर ३ बागेश्वरी – रिसि बहादुर पौडेल वडा नम्बर ५ गणेशस्थान – प्रलाद पौडेल लिखु गाउँपालिका वडा नम्बर १ खानिगाउ – नरहरी पान्डे, वडा नम्बर २ खानिगाउ – तिल प्रसाद ढकाल, वडा नम्बर २ रालुका रामशरण तिमल्सिना, दुप्चेश्वर गाउपालिका वडा नम्बर १ घ्याङफेदी सुन बहादुर तामाङ, वडा नम्बर ४ बेतिनी – इरमान तामाङ, वडा नम्बर ७ शिखरबेरि – मुइचा तामाङ रहेका छन् ।

एमाले र माओवादी मिल्दा पनि काङ्ग्रेसको अग्रताः 

काङ्ग्रेसले जिल्लाका १२ वटै गाउपालिका र नगरपालिका जित्ने चर्चा संगै एमाले र माओवादी बिच चुनाबी तालमेल बारे छलफल भएको छ । एमाले नेता नारायण खतिवडा र माओवादी नेता हिरानाथ खतिवडाले सम्भाबित तालमेल बारे कुराकानी भएपनी नटुंगिएको बताए । चुनाब नजिकिदै जादा एमालेको पक्षमा जनलहर बढ्दै गएको र पार्टी टुटफुट र बिभाजनले माओवादी कमजोर बनेकाले तालमेल बाट आफुलाई खासै फाईदा नपुग्ने एमालेको निष्कर्ष छ । बिगतको स्थानिय चुनाब बेहोरिसकेका र स्थानिय स्तरमा जनमत प्रभावित गर्न सक्ने समाजमा स्विकार्यता बनाईसकेका नेता काङ्ग्रेस एमालेमा प्रशस्तै रहेकाले पनि यो स्थानिय चुनावमा काङ्ग्रेस एमालेले पकड जमाउन सक्ने स्थिती देखिएको छ।

नेताहरुको चुनावमा आफ्नै पार्टीलाई जिताउने होड भएतापनि सर्वसाधरणले भने पार्टीलाई भन्दा पनि चुनावमा उठ्ने व्यक्तिलाई हेरेर भोट हाल्ने मनसाय व्यक्त गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार