बैशाख १४ काठमाडौ । सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल टोलमा महोल तताएको छ । २०५४ पछी हुन नसकेको स्थानीय चुनावको कारण जनताले आफुले चाहेको प्रतिनिधि चुन्न नपाउँदा बिकासले गति लिन सकेको छैन । जनप्रतिनिधि नहुँदा भ्रस्टाचार मौलाएको छ भने जनताले चाहे अनुसारको योजना तर्जुमा र लागू हुन सकेको छैन । स्थानीय सरकार मानिएको चुनावको घोषणाले सदनदेखी चियापसलसम्म माहोल तताएको छ ।

देशभरी माहोल तातेको बेलामा राजधानी संग जोडिएको छिमेकी जिल्ला नुवाकोट अछुतो रहने कुरै भएन । नुवाकोटका दुई नगरपालिका हाल कायम बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिका मा कुन पार्टिका कुन उमेदवार ले टिकट पाउलान र जित्लान भन्ने अड्कलबाजी सुरु भैसकेको छ ।
स्रोतका अनुसार जिल्लामा सबैभन्दा ठुलो सन्जाल भएको दल नेपाली काङ्ग्रेस बाट बिदुर नगरपालिकाको मेयरमा पुराना नेता धुर्व अधिकारी लड्ने बताईएको छ भने उपमेयरमा महिला नेतृ अन्जना अर्याल लड्ने बारे सहमती बनेको छ । पुराना, अनुभबी र सादा जिवन उच्च बिचारका धनी अधिकारिको पक्षमा बिस्तारै माहोल बढ्दै गईरहेकाले उनको जित सुनिश्चीत जस्तै देखिन्छ ।

यस्तै जिल्लाको अर्को नगरपालिका बेलकोटगढिमा सभासद समेत रहेका नुवाकोट काङ्ग्रेसका सभापती जगदिश्वर नरसिंह केसी लड्ने बताईएको छ । केसी आफै मेयर लडे उनको जितलाई कसैले रोक्न नसक्ने देखिन्छ । यस्तै जिल्लाका अधिकांश गाउपालिकामा पनि नेपाली काङ्ग्रेसका उमेदवार ले बिजय हासिल गर्न सक्ने सम्भावना बढ्दै गएको छ । किस्पाङ गाउँपालिका, ककनी गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउपालिका मा समेत जितीने भन्दै नेता कार्यकर्ता चुनाबी अभियानमा होमिएका छन ।
आन्दोलनबाट पुनर्स्थापित लिखु गाउपालिकामा नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नं २ का क्षेत्रीय सभापती धुर्व श्रेष्ठ लड्ने तय भएको छ । बिगतको दुबै स्थानिय चुनावमा चौघडाबाट गाबिस अध्यक्ष बिजयी बनेका श्रेष्ठको चौघडा र खानिगाउमा राम्रो प्रभाव रहेकाले उनले चुनाब जित्न सक्ने अनुमान छ । यस्तै सिबपुरी गाउपालिकाबाट नेपाली काङ्ग्रेसका पुराना नेता एवम महासमिती सदस्य रामकृष्ण थापा प्रमुखमा लड्दैछन । उनिपनी सो क्षेत्रका हेभिवेट नेता मानिन्छन । यस्तै तादी गाउपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका महाधिवेसन प्रतीनिधी एवम सो क्षेत्रका स्थापित नेता बिषम रिमाल लड्दैछन । रिमाल अन्य उमेदवार भन्दा सो क्षेत्रमा अगाडी रहेको बताईन्छ ।

यस्तै पन्चकन्या गाउपालिका प्रमुखमा भने काङ्ग्रेस  माओवादी र एमाले विच प्रतिस्पर्धा रहेको छ । पन्चकन्या गाउपालिका प्रमुखमा माओवादी ले उमेदवार रमेश तामाङ उठाएको छ । तर काङ्ग्रेसले उमेदवार तोक्न सकेको छैन । तारकेश्वर गाउपालिका प्रमुखमा पर्यटन पत्रकार शिव अधिकारिको चर्चा छ । जित्न सक्ने उमेदवार भन्दै उनलाई उमेदवार बनाउन ब्यापक लबिङ भईरहेको छ । यस्तै जित्न सक्ने वडा अध्यक्षका प्रत्यासिमा सुर्यगढी गाउपालिका वडा नम्बर १ लच्याङ – सिहबहादुर तामाङ वडा नम्बर २ बागेश्वरी -बाशुदेव अधिकारि वडा नम्बर ३ बागेश्वरी -रिसि बहादुर पौडेल वडा नम्बर ५ गणेशस्थान -प्रलाद पौडेल लिखु गाउँपालिका वडा नम्बर १ खानिगाउ – नरहरी पान्डे, वडा नम्बर २ खानिगाउ – तिल प्रसाद ढकाल, वडा नम्बर २ रालुका रामशरण तिमल्सिना, दुप्चेश्वर गाउपालिका वडा नम्बर १ घ्याङफेदी सुन बहादुर तामाङ, वडा नम्बर ४ बेतिनी -इरमान तामाङ, वडा नम्बर ७ शिखरबेरि -मुइचा तामाङ रहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार