बैशाख ०३ काठमाडौ । स्थानीय तहको निर्वाचनमिति नजिकिँदै गर्दा नुवाकोटमा पनि निर्वाचनको माहोल एकाएक तातेको छ । झन्डै १९ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको चर्चाले नुवाकोटका सहरबजार, नगरदेखि गाउँबस्तीसम्म तात्न थालेको छ ।
२ नगरपालिका र १० गाउँपालिका रहेको
नुवाकोटमा निर्वाचनको प्रतिस्पर्धामा कसलाई उम्मेदवार बनाउने भन्ने रस्साकस्सीले सबै राजनीतिक दल यति वेला निकै चलायमान भएका छन् । नगर र गाउँपालिका गरी १२ स्थानीय तहमा नेतृत्व हत्याउन सबै दलमा तँछाडमछाड सुरु भएको छ । विशेषगरी नगरपालिका र गाउँपालिका प्रमुखमा राजनीतिक दल तथा आकांक्षीको ध्यान बढी केन्द्रित भएको देखिन्छ । अन्य पदमा भने खासै चर्चा देखिन्न ।
लामो राजनीतिक जीवन बिताएका र पार्टीमा योगदान पु¥याएका पुराना राजनीतिकर्मीदेखि जनताको प्रत्यक्ष सेवामा सक्रिय कार्यकर्ता, समाजसेवी, शिक्षासेवी, उद्योगी, व्यापारी, सञ्चारकर्मी, पेसाकर्मी, युवा, विद्यार्थी र नवप्रवेशीमा समेत उम्मेदवार बन्ने आकांक्षा देखिएपछि राजनीतिक माहोल कसिलो बन्दै गएको छ । यसले उम्मेदवार व्यवस्थापनमा सबै राजनीतिक दलका नेतृत्वलाई चौतर्फी दबाब र तनाव बढ्दै गएको जिल्लाका नेताले स्विकारेका छन् । पत्रकारितामार्फत जनसमुदायमा भिजेर राजनीतिक सक्रियता बढाएका जिल्लाका कतिपय सञ्चारकर्मी पनि उम्मेदवारको दौडमा अग्रपंक्तिमा देखिएका छन् ।

यि हुन नगर र गाउपालिका…
नगरपालिका (२)
विदुर नगरपालिका,
बेलकोटगढी नगरपालिका

गाउँपालिका (१०)
किस्पाङ गाउँपालिका, ककनी
गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउपालिका

निर्वाचन नजिकिदै जादा चुनावी नतिजाबारे अनेक अनुमान सुरु हुन थालेको छ । प्राप्त पछिल्लो स्थिती अनुसार जिल्लाका अधिकांश नगर र गाउपालिकामा मुख्य दुई दल नेकपा एमाले र नेपाली काङ्ग्रेस नै मुख्य प्रतिस्पर्धिको रुपमा रहेका छन । दुई नगरपालिका मध्य बिदुर नगरपालिकामा नेकपा एमाले अगाडी देखिन्छ भने बेलकोटगढी नगरपालिकामा नेपाली काङ्ग्रेसले जित्ने सम्भावना बढी छ । बिदुर नगरपालिका जिल्लाको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त नगरपालिका हो । जिल्ला सदरमुकाम समेत रहेको बिदुर क्षेत्रको नगरपालिका प्रमुखले सांसदले भन्दा बढी स्रोतको परिचालन र शासन गर्न पाउने अनुमान गरिएको छ ।
गत बर्ष बिदुर नगरपालिकाको खानेपानी चुनावमा नेकपा एमाले समर्थित उमेदवारले अत्याधिक मत ल्याई बिजयी भएकाले सो क्षेत्रबाट एमाले नै जित्ने अनुमान गरिदैछ । यस्तै अर्को नगरपालिका बेलकोटगढिका अधिकांश भुभाग काङ्ग्रेस बाहुल्य क्षेत्र रहेकाले
सो क्षेत्रमा नेपाली काङ्ग्रेस अगाडी रहेको ठानिन्छ । श्रोतका अनुसार बिदुरबाट नेपाली काँग्रेसका पुराना नेता ध्रुव अधिकारी र पञ्चायतमा डा. प्रकाशचन्द्र लोहनीको कार्यकर्ता रहेर पछिल्लो पटक काँग्रेसमा प्रवेश गरेका तुप्चेका भरत खड्का मध्ये एक जनाले मेयर पदको टिकट पाउने चर्चा छ । दोश्रो ठूलो दल नेकपा एमालेबाट भने विदुर नगरपालिकाको पुर्व मेयर ठाकुरप्रसाद गजुरेल र शरण उत्सुक सापकोटा मध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना बढेको बुझिएको छ । गजुरेल अन्य पार्टी हुँदै एमालेमा प्रवेश गरेको भएपनि यस अघि एमालेबाटै विदुर नगरपालिकाका मेयर निर्वाचित भएका थिए ।

यस्तै जिल्लाका अधिकांश गाउपालिकामा पनि दुइ मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा एमाले नै प्रमुख प्रतिस्पर्धीको रुपमा रहेका छन । किस्पाङ गाउँपालिका, ककनी गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउपालिकामा पनि
कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि माओवादी केन्द्र र राप्रपाको उपस्थितिले पनि मत परिणामलाई असर पार्ने अनुमान गरिँदै छ । ककनि गाउपालिकामा माओवादी र आन्दोलनको बलमा पुनर्स्थापित लिखु गाउपालिकामा राप्रपा समेत प्रतिस्पर्धिको रुपमा देखिएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार