चैत १९ नुवाकोट । आगामी बैसाख ३१ गते हुने स्थानिय चुनाव नजिकिदै जाँदा नुवाकोटमा चुनावी चाहलपहल बढ्दै गईरहेको छ । दुइ नगरपालिका र दश गाउपालिका सहित कुल १२ स्थानिय तह रहेको नुवाकोटमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्र बिच त्रीपक्षिय प्रतिस्पर्धा हुने स्थिती छ । यसैबिच नुवाकोटको मध्य भेगमा अवस्थित पन्चकन्या गाउपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । गाउका चियापसल, चोकचौतारि र विधालयमा कुन पार्टिका कुन उमेदवारले टिकट पाउलान र जित्लान भन्ने अड्कलबाजी पनि सुरु भएको छ । प्राप्त खबर अनुसार नेकपा एमालेबाट पन्चकन्या गाउँपालिका प्रमुखमा पार्टिका युवानेता अर्जुन कार्की र उपप्रमुखमा भद्रुटारकी महिला नेतृ बिन्दा बिकले उमेदवारी दिने पक्कापक्की भएको छ । कुल दुई मतदान केन्द्र र २६०० हाराहारिमा मतदाता रहेको थप्रेक गाबिसका युवा नेता अर्जुन कार्कीले थप्रेकबाट राम्रो मत ल्याउने र नेतृ बिक भद्रुटारका स्थानिय महिला बिच लोकप्रिय रहेकाले आफुहरु भद्रुटार र थप्रेकमा अगाडी रहेको एमालेका एक नेताले दाबी गरे । यस्तै अर्को मुख्य दाबेदार नेपाली काङ्ग्रेसबाट पन्चकन्या गाउपालिका प्रमुखमा कबिलासका पुर्व गाबिस अध्यक्ष माधव खनाल र पर्यटन ब्यबसायी दिपक महत र बैकुण्ठ मिश्र मध्य एकले टिकट लिन सक्ने काङ्ग्रेस कार्यकर्ता बिच चर्चा छ । यस्तै नेकपा माओवादी केन्द्रबाट वाईसियल केन्द्रीय सदस्य एवम नुवाकोट ईन्चार्ज राजन गौतम नकुल र उपप्रमुखमा पुर्वमन्त्री हितबहादुर तामाङकी सुपुत्री लक्ष्मी तामाङले उमेदवारी दिने सहमती बनेको छ । जनयुद्धको समयमा ठुलाठुला फौजी आक्रमणको कमाण्ड सम्हालेका
गौतम मिलनसार र युवाबिच लोकप्रिय मानिन्छन । पार्टीपंक्ती भित्र कुशल संगठक समेत मानिने गौतमलाई चुनाबी प्रतिस्पर्धामा नगई पार्टी संगठन निर्माण र प्रदेश चुनावको तयारी गर्न सुझाव आएकाले उनि नलड्ने सम्भावना पनि छ । उनि नलडे कबिलासका उमेश खनालले प्रमुखमा लड्ने सम्भावना छ । ग्रामिण बिकास र समाजशास्त्र दुइ बिषयमा डिग्री गरेका खनाल बौद्धीक युवा मानिन्छन ।

कसको प्रभाव कहाँ ?

कबिलास:  काङ्ग्रेस

सबैभन्दा बढी झन्डै ३३ सय मतदाता रहेको कबिलास लाई नेपाली काङ्ग्रेसको प्रभावक्षेत्र मानिन्छ । गत संबिधानसभा चुनावमा लगभग १५०० हाराहारिमा भोट ल्याएको काङ्ग्रेसले आफ्नो भोट बढेको दाबी गरेको छ । अन्य दल भन्दा झन्डै ८०० बढी मत कबिलासमै आउने भएकाले आफ्नो जित सुनिश्चीत रहेको दाबी उसको छ ।

भद्रुटार:एमाले

०५४ सालको स्थानीय चुनावमा सबै सिट जितेको एमाले सो नतिजा दोहोर्याउने भन्दै तयारिमा जुटेको छ । भद्रुटारका लोकप्रिय नेता श्रीकृष्ण खतिवडा लाई वडाध्यक्ष बनाई महिला नेत्री बिन्दा बिक लाई गाउपालिका उपप्रमुख लडाउने तयारी गरेको एमाले आफुलाई भद्रुटार क भोट ल्याउने गरी तयारिमा जुटेको छ । हेफर इन्टरनेसनल लगायत बिभिन्न सहकारिमा आबद्ध बिकले भद्रुटारका स्थानीय महिला र दलित समुदायको मत तान्ने सम्भावना छ । खतिवडा पुर्व क्षेत्रीय सदस्य हुन ।

थप्रेक :माओवादी

थप्रेक गाबिसलाई अन्य गाबिसको तुलनामा माओवादी प्रभावक्षेत्र मानिन्छ । बिगतको दुबै चुनावमा माओवादी उमेदवारले ुकु भोट ल्याएको उक्त गाबिसबाट यसपाली स्थानीय उमेदवार अर्जुन कार्किलाई पनि राम्रो मत खस्ने स्थीती छ।

पन्चकन्या: त्रीपक्षीय प्रतिस्पर्धा

साबिक पन्चकन्या हाल वडा नं ३ मा काङ्ग्रेस एमाले र माओवादी बिच प्रतिस्पर्धा हुने स्थीती छ । साबिक वडा ८ र ९ मा काङ्ग्रेस ५,६,७ मा एमाले र अन्य वडामा माओवादी बलियो मानिन्छ । केहि अघी सम्म कमजोर ठानिने एमालेमा पछिल्लो समय एक लोकप्रिय स्थानिय प्रवेश गरेसंगै पन्चकन्यामा उसको पक्षमा माहोल बढेको बताईन्छ ।

चौघडा:काङ्ग्रेसरमाओवादी हाराहारि

साबिक चौघडाको ३ वडा समेटेर बनेको पन्चकन्या गापा-१ मा काङ्ग्रेस र माओवादी हाराहारी र एमाले कमजोर मानिन्छ । काङ्ग्रेसको भोटबैंक मानिने केहि क्षेत्र लिखुमा गाभिएपछी काङ्ग्रेस सो क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको छ । गत संबिधान सभा चुनावमा सो क्षेत्रबाट काङ्ग्रेस र माओवादी उमेदवार लाई बराबरी जस्तो मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार