फागुन २९, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिहरुले अझै पनि राजतन्त्रकै झल्को दिने काम गरेको बताएका छन् ।

मंगलबार राष्ट्रपति निर्वाचनमा मतदान गरेलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राष्ट्रपति विद्या भण्डारीले नयाँ राष्ट्रपतिको रुपमा संवैधानिक दायित्व पूरा गर्नेमा आफू विश्वस्त नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको सांसद मनोनित गर्दा दलीय स्वार्थलाई हेरेको दावी गर्दै अबको दिनमा त्यस्तो नहोस् भन्ने कामना पनि गरे । नेता थापाले संघीय लोकतान्त्रिक गणतन्त्रपछि बनेका राष्ट्रपतिहरु राजतन्त्रकै झल्को दिने गतिविधिभन्दा माथि उठन नसकेको दावी पनि गरे ।

नेपालको पूर्व राष्ट्रपतिलाई जनताले कुनै अस्पतालमा उपचार गराइरहेको देख्यो भने बल्ल नागरिकलाई गणतन्त्र आएको महसुस हुने उदाहरण दिँदै गगनले राष्ट्रपति भईसकेका व्यक्तिले पूरानै तामझामको लोभ, सार्वजानिक रमाउने कुरालाई निरन्तरता दिन नहुने धारणा राखेका छन् ।

उनले नयाँ राष्ट्रपतिले सामाजिक आन्दोलनलाई उठान गरेर परिवर्तित नेपालको राष्ट्रप्रमुख बन्ने आँट गर्नु पर्ने आवश्यक्ता रहेको औंल्याए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार