फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् ।आजको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको छ भने विपक्षमा ६० मत प्राप्त भएको छ । कुल २७५ मध्ये २६८ सांसदले मतदानमा भाग लिएका थिए ।

कांग्रेसबाहेकका सबै सांसदले ओलीको पक्षमा मतदान गरेका हुन् । संसदमा कांग्रेसका ६३ सांसद छन् ।प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले,माओवादी केन्द्र,राजपा, संघीय समाजवादी फोरम,राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मत हालेका थिए भने विपक्षमा नेपाली कांग्रेसका सांसदहरुले मत हालेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार