फागुन २७, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिनिज बुकमा नाम लेखाउने इच्छा व्यक्त गरेका छन् । उनले धेरैलाई प्रधानमन्त्री बन्न भूमिका खेलेको भन्दै गिनिज बुकमा नाम लेखाउने इच्छा गरेका हुन् ।

आइतबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रकियामा आएपछि आफूले १० मध्ये ८ वटा प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताएका छन् ।

उनले भने, ‘मलाई विभिन्न समयमा गरी ८ वटा प्रधानमन्त्री बनाउने अवसर प्राप्त भएछ ’ उनले ठट्टा गर्दै थपे, ‘अब कति वटा बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ भन्ने सम्म भयो । कतिलाई सिधै पार्टी अध्यक्षको रुपमा प्रस्ताव गरेँ त कतिलाई सिधै प्रस्ताव समेत गरेँ ।’

प्रचण्डले अब देशमा विकासको युग सुरु भएको भन्दै विगतमा जस्तो पटक पटक प्रधानमन्त्री फेर्न नहुने धारणा राखेका छन्। यसका साथै उनले अहिलेको व्यवस्थालाई परम्परतागत संसदीय व्यवस्थाका रुपमा मात्र नबुझ्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार