फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसदबाट विश्वासको मत लिदैछन् ।विश्वासको मत लिनुपूर्व अहिले ओेलीले प्रतिनिधि सभाको बैठकमा सम्वोधन शुरु गरेका छन् ।

संविधान अनुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । फागुन ३ मा प्रधानमन्त्रीको शथप लिएका ओलीले २४ दिनपछि संसदमा विश्वासको मत लिन लागेका हुन् । यसअघि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गरेको छन् । उनले जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुरोध समेत गरेका छन् ।

प्रचण्डले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले यसमा ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार