देशको युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् ,साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिन्छ । जुनसुकै देशका राजनीतिक, आर्थिक तथा सामाजिक क्रान्तीका सम्भाहक केवल युवा शक्ति लिन सकिन्छ । सामान्य  नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले युवा लाई १६ देखि ४० वर्ष सम्मका नागरिकलाई जनाउदछ । जुन नेपालको जनसंख्याको ४०.३ प्रतिशत रहेको छ । यद्येपी नेपालमा राजनितिक एंव काम गर्ने उमेरलाई आधार मान्य हो भने सामान्यत  १६ देखि ५९ वर्ष उमेर समुहका जनसंख्यालाई जनाउदछ । जुन देशको कुल जनसङ्ख्याको ५६.९६ प्रतिशत रहेको छ । नेपालको राजनैतिक परिवर्तनका संवाहक यहि समुहलाई मान्न सकिन्छ । यद्यपि सो समुहले कुनै पनि राजनैतिक एंव आर्थिक परिवर्तनको नेतृव्व अझै लिन सकिरहेको छैन ।
बिश्वमा युवा र नेतृत्व
स्थिर राजनीति विकास र आम मानिसको आशा परिपुर्तिका लागी युवा पिढी सवल रुपमा काम गर्न सक्छ भन्ने सन्देश हामि पश्चिमा राजनिती वाट सजिलै बुझ्न सक्छौ । भखरै युरोपको अष्ट्रियामा सम्पन्न आम निर्वाचन कन्जरभेटिभ पिपल पार्टीले जित हासील गरेपछि सो पार्टीका प्रमुख ३१ वर्षीय युवा सेबास्टियन कुजको नेतृव्वमा सरकार बन्दै गरेको बिषय सर्वत्र चर्चामा छ ।
इमानुयल म्यक्रोन ३९ वर्षको उमेरमा फान्सको राष्टपतीमा बिजय भई फान्सको नेतृव्व गरीरहेका छन् ।
भुटानका राजा जिग्मे केशर नाम्गेल वांचुक २५ बर्षको उमेरमा राजा भई सफलतापुर्वक राज्य संचालन गरीरहेका छन् ।
उतर कोरीयाका शाशक किम जोंग उल ३४ बर्षको उमेरमा नै आफनो शाशन र शक्तिको भरमा विश्वका शक्तिमान कहलीएका राष्टहरु संग टक्कर लिइरहेका छन् ।
पकिस्थानकी बेनेजिर भुट्टो केवल ३५ वर्षको उमेरमा देशको एक मात्र महिला प्रधानमन्त्रि भएर देश हाक्ने मैका पाएकी थिइन् ।
यस्तै ग्रिस आर्थिक संकटले ग्रस्थ भएको समयमा ब्भिहष्क त्कष्उचबक ले सत्ताको सांचो समाई समस्या बाट ग्रिस लाई माथि उकासेका प्रधानमन्त्री ४० वर्षका मात्र थिए ।
भारतीय मुलका ३८ वर्षीय लियो भरदकर युवा प्रधानमन्त्रीको रुपमा आयरल्याण्डको राष्टिय हित अनुरुप सवल नेतृत्व दिदै चुनौतीका साथ अघि बडेका विश्लेषकशरु वताउछन् ।

बेलायतको इतिहासमा नै सबैभन्दा बढी बहुमत ल्याएका टोनी व्लेयर हुन भने सन २००८ को विश्व आर्थिक मन्दीको संकट वाट गुज्रिरहेको बेलायत लाई सफल नेतृत्व दिन सफल प्रधानमन्त्री डेभिड क्यामरुन प्रधानमन्त्री हुंदा दुवै ४३ बर्षका थिए । त्यस्तै २४ बर्षको उमेरमा प्रधानमन्त्री भएका विलियम पिट बेलायतको सफल प्रधानमन्त्री को सुचिमा अग्रपन्थीमा आउछन् ।
पछिल्ला उदाहरणले राजनीति युवाहरुको काँधमा आएको पुष्टि गर्छ । आफ्नो खुबी विकास नैतिक उत्तरदायिव्व वोध, उपयुक्त राजनीतिक प्रणालीको विकास आदि गर्न सके राजनीतिक सफलतामा पाको उमेर मत्रै आवश्यक छैन् भन्ने पनि यसले संकेत गरेको छ ।
नेपालको अवस्था
पश्चिमा राजनीतिमा युवा नेतृत्व बढिरहदन नेपालमा भने पुरानै सोचमा रुाल्लिरहेको छ । नेपालमा युवा नेतत्व सफल नभएको भने होइन । आजको अखण्ड नेपाल बनाउने सपनाका साथ २० बर्षको उमेरमा राजा भएका पृथ्वि नारायण शाह २१ वर्षको उमेरमा नुवाकोट माथी बिजय गरी नेपाल एकिकरणको सफल नेतृत्व दिन सक्षम थिए । तर पछिलो समय नेपालमा अएको परिवर्तन सँगै युवाहरु लाई निरुसाहित पार्न वाध्य परिएको छ । यद्यपी अघिल्लो सरकारमा स्वास्थ्थ मन्त्री रहेका गगन थापा थोरै समयमा धेरै काम गर्नेमा पर्छन । नविन्द राज जोशीले गरेका कानुनी सुधार तथा जनार्दन शर्माले गरेका कामहरु हेर्ने हो भने बांकी मन्त्रिले गरेका काम संग तुलना गर्न सुहाउदैन ।
यस्तै कांग्रेस एमाले तथा माकेका युवानेताहरुलाई अवसर दिनेहो भने पक्कै पनि परिवर्तन आउन बेर लाग्दैन । यद्देपी हाम्रो संस्कार हेर्ने हो भने आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार र सिफारिस हेर्ने हो भने वृद्धवृद्धा नेताहरुको नाम अग्रपंक्तिमा देखियो । समाजका आलोचित र डनहरुले समेत उम्मेदवार र सिफारिसमा पर्ने प्रवृत्ति अभैm बिधमान रहेको देखिन्छ । युवा नेतृव्व अझै निकै पछि परिरहेको छ । गगन थापा, प्रदिप पैडेल रविन्द्र अधिकारी, जनार्दन शर्मा, योगेश भटराई हरु लाई अग्र पंतीमा आउन ठाँउ नै दिईन्न । देशको कुल जनसङ्ख्याको ५६.९६ प्रतिशत रहेको १५–५९ उमेर समुहको जनसंख्या केवल ८.१३ प्रतिशत -६० बर्ष माथीका जनसंख्या) द्वारा शासित वा निर्देशित मात्र रहेको छ । फोस्रा राष्टवादका नारा लगाउदैमा राष्टवादी भइन्न आली, देउवा प्रचण्ड हरुले युवा नेतृव्व लाई स्वकार्न सक्नु पर्छ , देशको उत्पादकत्व बृदि र विकास गर्न युवा पलायन रोक्न नयाँ नीतिको खोजी गर्नुपर्छ ।
अन्तमा
। नयाँ सोच साथै नयाँ प्रविधि र विज्ञानको शिक्षाले राम्रो काम गर्ने गरेको साथै युवाहरुमा आलोचना सहन सक्ने क्षमता बढिहुनुका साथै समग्रमा उनिहरुमा बढि सकरात्मक र आशावादी हुने गरेकाले पनि युवा पिडिलाई सफलताको नजिक पुर्याउछ । यसको अर्थ पाका राजनीतिज्ञहरु नराम्रो भन्ने बिल्कुलै होइन । तर युवाहरु समस्या समाधान गर्न चाँडै सक्ने विषयगत दक्षता र मुद्दा चाँडै बुझ्ने अरुको कुरा सुन्न सक्ने क्षमता राख्दछन् । स्थिर राजनीतिु विकास र आम मानिसका आशा परिपुर्तिका लागि युवा पिंढी सवलरुपले काम गर्न सक्छ । विवादास्पद छवी तथा आपराधिक क्रियाकलापहरुलाई राजनीतिमा कुनै स्थान दिनु हुदैन । पाका राजनीतिज्ञहरुका सल्लाहा र सुझाव र असल राजनीतिक संस्कारको सिको गदै, कर्तव्यवोध र नैतिकता बोक्ने युवाहरु राजनितिको मुलधारमा आउन सके देशमा परिवर्तन हुन धेरै समय लाग्दैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार