बैशाख ०७ काठमाडौ । आगामी बैसाख ३१ गते हुने स्थानिय चुनाव नजिकिदै जाँदा नुवाकोटमा चुनावी सरगर्मी बढ्दै गईरहेको छ । दुइ नगरपालिका र दश गाउपालिका सहित कुल १२ स्थानिय तह रहेको नुवाकोटका अधिकांश गाउपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमाले बिच मुख्य प्रतिस्पर्धा हुने स्थिती छ भने केहिमा माओवादी र राप्रपा मुख्य प्रतिस्पर्धीको रुपमा देखा परेका छन । यसैबिच नुवाकोटको मध्य भेगमा अवस्थित पन्चकन्या गाउपालिकामा चुनावी सरगर्मी बढेको खवर छ । गाउका चियापसल, चोकचौतारि र विधालयमा कुन पार्टिका कुन उमेदवारले टिकट पाउलान र जित्लान भन्ने अड्कलबाजी पनि सुरु भएको छ । प्राप्त खबर अनुसार नेकपा एमालेबाट पन्चकन्या गाउँपालिका प्रमुखमा पार्टिका युवानेता अर्जुन कार्की र उपप्रमुखमा भद्रुटारकी महिला नेतृ बिन्दा बिकले उमेदवारी दिने पक्कापक्की भएको छ । कुल दुई मतदान केन्द्र र २६०० हाराहारिमा मतदाता रहेको थप्रेक गाबिसका युवा नेता अर्जुन कार्कीले थप्रेकबाट राम्रो मत ल्याउने र नेतृ बिक भद्रुटारका स्थानिय महिला बिच लोकप्रिय रहेकाले आफुहरु भद्रुटार र थप्रेकमा अगाडी रहेको एमालेका एक नेताले दाबी गरे । यस्तै अर्को मुख्य दाबेदार नेपाली काङ्ग्रेसबाट पन्चकन्या गाउपालिका प्रमुखमा कबिलासका पुर्व गाबिस अध्यक्ष माधव खनाल, भद्रुटारका रामेश्वर थापा र
उपेन्द्र कुईकेल मध्य एकले टिकट लिन सक्ने काङ्ग्रेस कार्यकर्ता बिच चर्चा छ । यस्तै नेकपा माओवादी केन्द्रबाट वाईसियल केन्द्रीय सदस्य राजन गौतम र उपप्रमुखमा लक्ष्मी तामाङले उमेदवारी दिने सहमती बनेको छ ।

कसको प्रभाव कहाँ ?

कबिलास: काङ्ग्रेस

सबैभन्दा बढी झन्डै ३३ सय मतदाता रहेको कबिलास लाई नेपाली काङ्ग्रेसको प्रभावक्षेत्र मानिन्छ । गत संबिधानसभा चुनावमा लगभग १६०० हाराहारिमा भोट ल्याएको काङ्ग्रेसले आफ्नो भोट अझै
बढेको दाबी गरेको छ । अन्य दल भन्दा झन्डै १००० बढी मत कबिलासमै आउने भएकाले आफ्नो जित सुनिश्चीत रहेको दाबी उसको छ ।

भद्रुटारस् एमाले

०५४ सालको स्थानीय चुनावमा सबै सिट जितेको एमाले सो नतिजा दोहोर्याउने भन्दै तयारिमा जुटेको छ । भद्रुटारका लोकप्रिय नेता श्रीकृष्ण खतिवडा लाई वडाध्यक्ष बनाई महिला नेत्री बिन्दा बिक लाई गाउपालिका उपप्रमुख लडाउने तयारी गरेको एमाले आफुलाई भद्रुटारमा
ुकु भोट ल्याउने गरी तयारिमा जुटेको छ । हेफर इन्टरनेसनल लगायत बिभिन्न सहकारिमा आबद्ध बिकले भद्रुटारका स्थानीय महिला र दलित समुदायको मत तान्ने सम्भावना छ । खतिवडा पुर्व क्षेत्रीय सदस्य हुन । पुर्व अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव रामेश्वर थापा
साथै पुर्व जिल्ला उपसभापती यमबहादुर थापाको गाबिस भद्रुटारमा नेपाली काङ्ग्रेसको पनि निकै सकृय कार्यकर्ता रहेका छन । महत मन्त्री रहेको समयमा भद्रुटारका धेरै युवालाई बैंक, बित्तिय संस्था, गैर्ह सरकारी संस्थामा जागिरे बनाएका थिए । गत संबिधान सभा चुनावमा पनि उसलाई राम्रो मत खसेको थियो ।

थप्रेक स् एमाले

थप्रेक गाबिसलाई अन्य गाबिसको तुलनामा एमाले प्रभावक्षेत्र मानिन्छ । बिगतको दुबै चुनावमा माओवादी उमेदवारले ुकु भोट ल्याएको भएपनी उक्त गाबिसबाट यसपाली स्थानीय उमेदवार अर्जुन कार्किलाई पनि राम्रो मत खस्ने स्थीती छ। टुटफुट र बिभाजनका कारण माओवादी खस्किएपछी एमाले र काङ्ग्रेसले आफ्नो उपस्थिती मजबुत पारेका हुन ।

पन्चकन्या :काङ्ग्रेस-एमाले प्रतिस्पर्धा

साबिक पन्चकन्या हाल वडा नं ३ मा काङ्ग्रेस एमाले र माओवादी बिच प्रतिस्पर्धा हुने स्थीती छ । साबिक वडा ६,७,८,९ मा काङ्ग्रेस र अन्य वडामा
एमाले बलियो मानिन्छ । केहि अघी सम्म कमजोर ठानिने एमालेमा पछिल्लो समय एक लोकप्रिय स्थानिय प्रवेश गरेसंगै पन्चकन्यामा उसको पक्षमा माहोल बढेको बताईन्छ । उनले आसन्न निर्वाचनमा एमालेबाट वडाध्यक्ष जित्ने स्थीती छ ।

चौघडा :काङ्ग्रेस र एमाले हाराहारि

साबिक चौघडाको ३ वडा समेटेर बनेको पन्चकन्या गापा-१ मा काङ्ग्रेस र
एमाले हाराहारी र माओवादी कमजोर मानिन्छ । काङ्ग्रेसको भोटबैंक मानिने केहि क्षेत्र लिखुमा गाभिएपछी काङ्ग्रेस सो क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको हो । गत संबिधान सभा चुनावमा सो क्षेत्रबाट काङ्ग्रेस उमेदवारलाई बढी मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार