असार ८, काठमाडौं । नेपाल र चीनबीच विद्युतिय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समभदारीपत्र एमओयु र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेईजिङमा विहीबार नेपाल चीन द्धिपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ती समझौता समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो । रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ ।

यस्ता छन् चीनसँगको सम्झौता—समझदारी
रेलवे परियोजना सहयोग
उर्जा क्षेत्रमा सहयोग
उत्पादन क्षमता बढाउन लगानी
विदेश मन्त्रालयबीच सहयोग
विदेश मन्त्रालयबीच संयन्त्र गठन
आर्थिक र प्राविधिक सहयोग
मितेरी पुल पुननिर्माण
नेपाललाइृ मालसामान ओसारपसार गर्न तिब्बतको राजमार्ग प्रयोगसम्बन्धी
मानव संसाधन विकास सहयोग नुवाकोट दरबार पुननिर्माण
रसुवा दोलखा र सिन्धुलीपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजा ।

रेलमा स्पष्ट, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?

चिनियाँ रेल काठमाडौं ल्याउन नेपाल र भारतबीच सहमति भएको छ । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ ।

नयाँ पत्रिकाका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेपछि मात्रै लगानीको मोडालिटी टुंगो लाग्नेछ ।केरुङबाट काठमाडौं रेल पुर्याउन चिनियाँ प्रविधिअनुसार करिब ३ खर्ब ३५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ ।तर त्यो रकम कसले खर्च गर्ने अहिलेसम्म स्पष्ट भएको छैन । नेपालले खर्च गर्ने हो भने सम्पूर्ण विकास खर्चले पनि थेग्न सक्दैन ।किनकि अर्थमन्त्री डा. युवराज खतिवडाले छुट्याएको कुल विकास खर्च ३ खर्ब १२ अर्ब छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार