फागुन २७, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले फेरी अर्को कडा निर्देशन दिएका छन् । उनले यो पटक राजश्व चुहावटमा संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएका हुन् ।

आइतवार अर्थ मन्त्रालयमा सुरक्षा निकाय र राजश्व अन्तर्गतका कर्मचारीहरूसँग भएको बैठकमा अर्थमन्त्री खतिवडाले यस्तो निर्देशन दिएका हुन् ।उनले राजश्व चुहावट नियन्त्रणमा एकजुट भएर लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिएका छन् ।राजश्व चुहावट नियन्त्रण प्रभावकारी नभएको सर्वत्र गुनासो आइरहेकाले अर्थमन्त्री खतिवडाले सरोकारवाला निकायलाई डाकेर निर्देशन दिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार