फागुन २४, काठमाडौं । रोजगारीका लागि कोरिया जान चाहनेका लागि इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस) परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालय अन्तगर्तको वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले परीक्षाको आवेदन तथा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरी आवेदन तथा परीक्षा मिति सार्वजनिक गरेको हो । इपीएस परीक्षाको लागि चैत ८ देखि १७ गते सम्म आवेदन दिन सकिनेछ । इपीएस कोरीयन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ ।

यसपटकको परीक्षाबाट कुल ७ हजार १ सय जना उत्तीर्ण गरिने बताइएको छ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३ सय कोटा निर्धारण गरिएको छ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन् । आवेदन शूल्क २४ डलर तोकिएको छ ।

इपीएसको परीक्षाका लागि काठमाडौं र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार