फागुन १०, काठमाडौं । अरुलाई नैतिकता र सदाचारको पाठ सिकाउँदै आएका डा. गोविन्द केसी आफै जन्ममिति विवादमा तानिएका छन् । प्रधानन्यायाधीश गापाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानविनको मागसहित आन्दोलनरत केसीका प्रमाणपत्रमा फरक फरक जन्ममिति भेटिएको छ ।

उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक फरक जन्ममितिसहितका त्रुटि देखाउँदै केसीले नैतिकताका आधारमा प्रधानान्यायधीशको राजीनामासमेत माग्दै आएका थिए ।

जन्ममिति विवादमा फसेपछि डा. केसीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक प्रमाणपत्रमा उल्लेख गरिएका फरक–फरक जन्ममितिका बारेमा स्पष्टीकरण दिएका थिए । डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्ममिति भेटिएको थियो ।

डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ । तर उनले घुमाउरो ढंगले फरक–फरक जन्म मितिलाई स्वीकार गरेका थिए । यद्यपि, उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको मिलेमत्तोमा यो अफवाह फैलाइएको आरोप समेत लगाएका थिए ।

यता, मेडिकल काउन्सिलमा पेस गरेको प्रमाणपत्रमा अठार वर्ष र २०३१ उल्लेख भएको पाइएपछि अर्को विवाद जन्मिने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार