माघ १८, काठमाडौं । हिजो माघ शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लागेको थियो ।बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाए पनि नेपालमा भने ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो ।

ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।ग्रहणका समयमा शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकले बिहान आठ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको थियो । ग्रहण लागेपछि सुत्न, हाँस्य विनोद, मैथुन लगायत काम पनि गर्नु नहुने उनले बताए । ग्रहण निमित्तिक देवपूजा, तर्पण, श्राद्ध आदि भने गर्नु हुने शास्त्रोक्त विधान छ ।

हिजोको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रो अनुसार एकै महिनामा दुई पटक पूर्ण चन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देखिएको थियो ।

 

 

 

 

 

 

 

 

 

तस्बीरः नासा र बीबीसीबाट

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार