पुस २६, काठमाडौ । लोकसेवा आयोगले विभिन्न पदमा ३५० जना कर्मचारीका लागि आवेदन माग गरेको छ । आयोगले बुधबार विज्ञापन प्रकाशित गर्दै राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदमा प्रशासन, न्याय, लेखा, राजस्व, सरकारी वकिल लगायतका पदमा आवेदन माग गरेको हो । देशभर गरी ३५० को आवेदन माग गरेको आयोगले पूर्वाञ्चलमा ४३, मध्यमाञ्चलमा १६६, पश्चिमाञ्चलमा ५९, मध्यपश्चिमाञ्चलमा ६० र सुदुर पश्चिमाञ्चलमा २२ जना कर्मचारीको विज्ञापनमा माग गरेको हो ।

हेर्नुहोस् विज्ञापनः

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार