मंसिर २७,काठमाडौ । लोक सेवा आयोगले राजपत्राकिंत तृतिय श्रेणी अधिकृत तर्फ यस वर्ष ३ सय ९० कोटाको लागि विज्ञापन प्रकाशन गरेको छ ।सामान्य प्रशासन मन्त्रालयले राजपत्राकिंत तृतिय श्रेणी अधिकृतको लागि ३ सय ९० को संङ्ख्यामा दरबन्दी खाली रहेको जनाउँदै विज्ञापन गर्न मंगलबार लोकसेवा आयोगमा पत्र पठाएपछि लोक सेवा आयोगले बिज्ञापन गरेको हो ।

लोक सेवा आयोगले प्रकाशन गरेको बिज्ञापन अनुसार खुल्ला तर्फ २ सय ६,महिलातर्फ ५९,आदिवासी जनजाती कोटामा ५२,मधेसी कोटामा ३९,दलित कोटामा १८,अपांग कोटामा ९ र पिछडिएको क्षेत्र तर्फ ७ जनाको लागि बिज्ञापन गरेको छ । पुष १८ गते सम्म सामान्य दस्तुर र पुष २५ गते सम्म दोब्बर दस्तुर तिरेर फम भर्ना सकिने आयोगले जनाएको छ । प्रथम पत्रको प्रशासनिक अभिरुची परीक्षा माघ २७ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार