एक्लोपनको यार हो जिन्दगी
आफ्नै हत्याको गवाही हो जिन्दगी
जबरजस्ती खानुपर्ने दवाई हो जिन्दगी
धारिलो धार भऐको हतियार हो जिन्दगी
बार्न नसकिने काँडेतार हो जिन्दगी

तितो हुने बेसार हो जिन्दगी
अनि सुखदुःखमा रूझाउने असार हो जिन्दगी
शत्रुताको नाताले काल हो जिन्दगी
मिलाउन नसकिने कॉंक्रोको झाल हो जिन्दगी
मोल गर्न नसकिने घडेरी हो जिन्दगी

हार मानेमा चैतको खडेरी हो जिन्दगी
फिरन्ते जोगीलाई दिने भिक्षा हो जिन्दगी
कहिल्यै पास नहुने परीक्षा हो जिन्दगी
गल्ती गर्दा सिकिने शिक्षा हो जिन्दगी अनि
पैसाले किन्न नपाइने दीक्षा हो जिन्दगी

तर कहिलेकाहीं फुल्छ जिन्दगी
मौरी झैँ झुल्छ जिन्दगी
सफलताको गगन चुम्छ जिन्दगी
अनि प्रत्येक पीडालाई भुल्छ जिन्दगी
त्यसैले त जिन्दगीको अर्थ जिन्दगी !!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार