एजेन्सी । हिंदू शास्त्रमा दियो बाल्नु निकै शुभ मानिन्छ । यसैले धेरै मानिसहरु आफ्नो घरमा दियो बाल्ने गर्छन् । यसको उज्यालोले दु:ख कस्ट भाग्ने विश्वाश रहेको छ। बेदमा अग्नीलाई भगवान नै मानिएको छ । यसैले हिन्दू धर्ममा कुनै शुभ कार्य गर्नुपुर्ब भगवानको अघी दियो बाल्ने गरिन्छ ।

दियो बाल्ने धार्मिक र बैज्ञानीक दुबै कारण रहेको पाईन्छ ।

धार्मिक कारण: दियो/उज्यालो ज्ञानको प्रतिक हो । पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ । दियो बाल्नुको अर्थ हाम्रो जीवनको अज्ञान अन्धकार हटाइ जीवनमा ज्ञान ज्योति ल्याउनु हो । हाम्रो धर्म अनुसार पूजा गर्नु पहिला दियो बाल्नु अनिवार्य रहेको छ ।

आरती गरेर घ्युको दियो बाल्नाले सुख सम्पत्ति आउने विश्वाश गरिन्छ । यसो गर्दा घरमा स्थाइ रुपमा (सधैंको लागि) माता लक्ष्मीको बास हुने धार्मिक विश्वाश रहेको छ । त्यस्तै हाम्रो धर्ममा पंचामृतको पनि निकै महत्व रहेको पाउछौ ।

बैज्ञानीक कारण: गाई को घ्युमा रोगाणुलाई भगाउन सक्ने क्षमता हुन्छ । यो घ्युको दियो बाल्नाले घ्यु आगोको संपर्कमा आएर बातावरण नै सुद्द/पवित्र बनाउछ । दियो बाल्नु शुभ रहेको छ चाहे त्यो पूजामा होस या अन्यत्र ।

दियो बाल्दा सधैं जप्नुहोस यो मन्त्र

दीपज्योति: परब्रह्म: दीपज्योति: जनार्दन:।
दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।

शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि विनाशं च दीपज्योति: नमोस्तुति।।

दियो बाल्दा यस्ता कुरा ख्याल गर्नुपर्छ: दियो पूर्व दिशा तर्फ फर्काएर राख्नाले आयु बड्छ ।दियो पश्चिम फर्काएर राख्नले दु:ख बड्छ ।दियो बालेर दक्षिण फर्काएर राख्नले जन धन हानी हुन सक्छ ।दियोको प्रकाश आउने भाग/मुख भाग सधैं पूर्व फर्काएर दियो बाल्नु होला ।(पूर्वेलीन्यूज)

यो पनि पढ्नुहोस्..

शरीरमा कुन ठाउँमा कोठी भए कस्तो फल पाइन्छ ? पढ्नुहोस्…

एजेन्सी ।शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् । जसले व्यक्तिको चरित्र संकेत गर्दछ । त्यसमध्ये कोठी पनि एक हो । शास्त्रमा शरीरको कुन अंगमा कोठी भए के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ।

– कम्मरमा कोठी भएका व्यक्तिले जीवनमा धेरै दुःख झैल्नु पर्दछ ।
– पेटमा कोठी हुने उत्तम भोजन भोगी हुन्छ र उसलाई त्यस्तो अवसर पनि प्राप्त भइरहन्छ ।
– जसको पिठ्युँमा कोठी छ, उसले जीवनभर धेरै यात्रा गर्दछ ।
दाहिने गोडामा कोठी हुने मानिस बुद्धिमान हुन्छ ।– त्यस्तै देब्रे गोडामा कोठी हुनेको खर्च धेरै हुन्छ ।
– गर्धनमा कोठी छ भने त्यो व्यक्ति आराम भोगी हो भन्ने थाहा हुन्छ र उसले त्यस्तो अवसर पनि पाउछ ।

– नाकमा कोठी हुने व्यक्ति जीवनमा कुनै न कुनै कारणले धेरै यात्रामा निस्कनुपर्ने हुन्छ ।
– दाहिने हत्केलामा कोठी हुने व्यक्ति बलवान हुन्छ ।
– बायाँ हत्केलामा कोठी छ भने धेरै खर्च गर्ने स्वभावको हुन्छ ।– निधारमा कोठी हुने व्यक्ति बलवान हुने शास्त्रको मान्यता छ ।
– चिउँडोमा कोठी हुने व्यक्ति आफ्नी प्रेमिकालाई धेरै माया नगर्ने स्वभावको हुन्छ ।
– दाहिने आँखामा कोठी हुनेले भने आफ्नी प्रेमिकालाई धेरै माया गर्छ ।

– यदि वाया आँखामा कोठी छ भने प्रेमिकासँग झगडा परिरहन्छ, दाम्पत्य
जीवन पनि सुखी हुँदैन ।
– दाहिने गालामा कसैको कोठी छ भने उ निकै धनवान हुन्छ ।
– बायाँ गालामा कोठी छ भने चाहिँ उसको खर्च बढी हुन्छ ।
– ओठमा कोठी हुने व्यक्तिको स्वभाव यौनको विषयमा सोचिरहने हुन्छ ।
– कानमा कोठी हुनु भनेको अल्पायुको संकेत हो ।

– दाहिने पाखुरामा कोठी हुनु मानप्रतिष्ठा मिल्ने संकेत हो जसले समाजमा उच्च स्थान प्राप्त गर्छन् ।
तर, बायाँ पाखुराको कोठी भने झगडालु स्वभावको संकेत हो ।
– दाहिने छातीमा कोठी हुने स्त्री निकै प्रेम गर्ने स्वभावको संकेत गर्दछ । उनीहरु आफ्ना पत्नीलाई धेरै माया गर्छन् ।
तर, बायाँ छातीमा कोठी छ भने स्त्रीसँग कुनै न कुनै कुरामा झगडा परिरहन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार