फागुन २८, काठमाडौं । सिरियाका सुरक्षाबलले पूर्वी गूतामा आफ्नो कारवाही बढाउँदै विद्रोहीको गढका रूपमा रहेको ठूलो शहरलाई सम्पर्कविच्छेद गराइदिएका छन् ।

सिरियामा भइरहेको नरसंहार अझै पनि रोकिएको छैन । विद्रोहीको नाममा गरिएको आक्रमणमा परी निर्दोष नागरिकहरुले ज्यान गुमाइरहेका छन् । शनिवार पनि सिरियाको डूमामा चार बच्चासहित कम्तीमा २० नागरिक मारिएको र त्यसबाहेक लडाईं भइरहेको शहरमा १७ जना मारिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिरियामा विगत २० दिनदेखि चलिरहेको कारबाहीमा हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको बताइएको छ । सिरियामा हिंसा रोक्नका लागि विश्वले गरेको आह्वानको पनि कुनै असर भएको छैन ।

सिरियाको युद्धमा निगरानी गरिरहेको संगठन सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार अहिलेसम्ममा सिरियाका १००० भन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । अब्जर्भेटरीका अनुसार, २१९ बच्चासहित एक हजार ३१ नागरिक मारिएका छन् भने ४३ सय ५० मानिस घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार