फागुन २८, काडमाडौं । अमेरिकाको न्युयोर्क सहरको ‘इस्ट रिभर’ नदीमा आइतबार हेलिकप्टर खस्दा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीले उद्धार गरिएका मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ ।हेलिकप्टरका पाइलट भने आफ्नो ज्यान जोगाउन सफल भएको न्युयोर्क प्रहरीले बताएको छ।

फोटोसुटका लागि चार्टर गरिएको उक्त हेलिकप्टरमा ६ जना सवार रहेको अधिकारीहरुले जनाएका छन् । समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा हेलिकप्टर बिस्तारै नदीमा खस्दै पानीको डुबेको देख्न सकिन्छ ।

स्थानीय समयअनुसार साँझ सात बजे उक्त हेलिकप्टर रुजभेल्ट टापु नजिकै दुर्घटनाग्रस्त बनेको थियो ।फेडेरल एभिएसन अथोरिटीले यस घटनाको  विषयमा अनुसन्धान शुरु गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार