एजेन्सी । जब म ६ वर्षकी थिएँ, त्यतिखेर डेटन सहरमा एउटा चर्चित देलिशृङ्खला ‘आइ लभ लुसी’ प्रसारण भइरहेको थियो । यस धारावाहिकको प्रमुख पात्र लुसीको म प्रशंसक थिएँ । म ठूली भएपछि लुसीजस्तै निडर, आत्मनिर्भर र अरुभन्दा भिन्नै प्रकारको केटी बन्छु भन्ने समना पालेकी थिएँ ।

समय आफ्नै गतिमा हिँडिरहेको थियो । ओहायो राज्यको डेटन सहरमा हामीहरु हाँसीखुशी दिनहरु बिताउँदै थियौ । बगैँचासहितको हाम्रो घर भव्य थियो, तर रुपियाँ भने चाहिदो मात्रामा थिएन । हामीहरु स्तरीय जीवन बिताउने प्रयास गथ्र्यौ तर पर्याप्त पैसाको अभावले गर्दा हामीहरुको जीवन त्यति सन्तोषपूर्ण थिएन । बुबाको थोरै आम्दानीले गर्दा ठाँटबाँटसँग बस्न गाह्रै परिरहेको थियो ।

म बुबाकी एक्ली छोरी थिएँ । बुबाआमाले बढी पैसा कमाउने अनेकौं उपाय सोचे तर सफल हुन सकेनन् । यता मेरो कलेजको पढाइ पनि शुरु भइरहेको थियो । हामीहरुको सम्पत्ति भन्नु जे–जति थियो त्यो सानो जग्गा नै थियो । हाम्रो जीवन यसरी अप्ठ्यारोमा गुज्रिन थालेपछि एकदिन बुबाले सो जग्गा बेचिदिनुभयो र आएको पैसादराजभित्र राख्दै यो सबै पैसा तिम्रै हो भन्नुभएको थियो । उहाँले तिमी ठूली भएपछि तिम्रो नाममा बैंकमा जम्मा गरिदिनेछौं र तिमी २४ वर्ष पुगेपछि सबै पैसा तिम्रो हुनेछ भन्नुभएको थियो ।

मेरो जीवनका शुरुका २० वसन्त बेकार नै गयो । ३ वर्षभित्र ५ वटा युनिभर्सिटीको पढाईले मैले जीवनमा इच्छा लागेको क्यारियर बनाउनै सकेकी थिइनँ । यसै क्रममा २० वषर्ककै उमेरमा अमाबाबुको स्वीकृतिबिना नै फिलिप नामको केटासाथीसँग विवाह गरेँ । विवाहपछि ऊसँग पहिलेको जस्तो रमाइलो वातावरण रहेन । त्यसैले मैले ऊसँग पारपाचुके गरें । यसको दुई वर्षपछि फेरि मैले मनमिल्दो साथी ज्याकसँग विवाह गरेँ । विवाहको आठ महिनापछि ऊ र मबीच झगडा हुन थाल्यो । अन्त्यमा ऊसँग पनि मैले पारपाचुके गरे ।

त्यसपछि म आफ्नै घरमा आएर बस्न थालें । यस घटनाले आमाबाबु मसाग निकै रिसानुभयो । बोलचाल पनि बन्द भयो । अन्त्यमा मैले एउटा गम्भीर निर्णय लिँदै आफुनो जन्मघर सदाको लागि छाडी सहरमै एउटा कोठा लिएर बस्न थालें तर मेरो दिमाग भने कहिल्यै ठीक ठाउँमा थिएन ।

२४ वर्षको उमेरमा म एउटा रेडियो स्टेशनमा सहायक प्रबन्धक पदमा काम गर्न थाले । त्यतिखेर मेरो जीवन त्यति स्तरीय पनि थिएन र गएगुज्रेको पनि थिएन । दुई पटक असफल भएको दाम्पत्य जीवनको नराम्रो अनुभवले मलाई जीवनमा संघर्ष गर्न सिकाएको थियो । कार्यालयमा मेरा सखीहरु मलाई हेरेर डोलर्स । तिमी राम्री मात्र होइन सेक्सी पनि छौँ भन्थे ।

मेरो अफिसमा मभन्दा ५ वर्षमा बढी उमेरकी जोजपिन पनि काम गर्थिन् । अफिसको काम सकिएपछि रात्रिजीवनमा उनी पेसेवर वेश्याको रुपमा काम गर्छिन भन्ने कुरा अफिसका धेरैलाई थाहा थियो । एकदिन साँझतिर अफिसबाट काम सकेर जान लाग्दा जोजफिन मकहाँ आएर सीधै भनिन् – भोलि एक जना ग्राहकलाई मैले समय दिएकी छु तर भोलि नै मलाई दाँत जचाउन डाक्टरकोमा जानु छ, के तिमी मेरे सट्टामा त्यो ग्राहकसँग गइदिन्छ्यौ ? उनले मलाई खुल्लमखुल्ला प्रस्ताव राख्दा शुरुमा त मलाई निकै रिस उठेको थियो तर मैले आफुलाई सम्हाले । आखिर मलाई नयाँ अनुभव बटुल्न मौका मिलेको थियो। जोजफिनको त्यो अपरिचित केटासँग फोनबाट मात्र कुरा भएको थियो, एक–आपसमा चिनजान भने थिएन ।

हेर, तिमीले पैसा कमाउने राम्रो मौका पाउनेछौ । एक घण्टाको ७५ डलर पाउँछ्यौ । त्यो युवकले उसको साथमा तिमी छौ कि म भन्ने पत्तो पाउँदैन –जाजेफिनले भनिन् । त्यति बेला म नोकरीबाट सरकारलाई कर तिरेर हप्ता मा जम्मा १ सय ८८ डलर मात्र पाउँथे । कहाँको हप्ताको १ सय ८८ डलर कहाँ घण्टाको ७५ डलर, पैसाको लोभ देखाई उनले मलाई उक्साउन थालिन् ।

त्यसपछि म आफ्नो कोठामा पुगी आछ्यानमा पल्टेर सोच्न थाले. । मैले मनमौ गहिरो अनुसन्धान गरेर एउटा योजना तर्जुमा गरें। त्यो सोच आफ्नै जीवन र जगत्को अनि एउटा कल्पनाको साम्राज्य थियो । अर्काको कोठामा पुगेर एउटा चिन्दै नचिनेको पुरुषसित आछ्यानमा पैसाको लागि सुत्नु कस्तो अनुभव होला? मैले जीवनमा धेरै पुरुषहरुसँग योजक्रिडा गरिसकेकी थिएँ । मैले धेरैजसो आनन्द लिनको लागि र समय कटाउनको आगि यौनसम्पर्क राखेकी थिएँ तर पैसाको लागि यौनसम्पर्क राख्दा कास्तो अनुभव हेला? भन्ने जिज्ञासा मेरो मनमा लागिरहेको थियो । वास्तविकता जे भए पनि एउटा बेश्या बनेको अनुभव अँगाल्ने इच्छा मभित्र उठ्न थाल्यो ।

म २६ वर्षकी भइसकेकी थिएँ । मैले आफ्नो भविष्य सुरक्षित पनि पार्नु थियो । आफ्नो भविष्य बनाउन मैले आफ्नो शरीर बेच्ने निर्णय पनि गरें । त्यसरी कमाएको पैसा सदुपयोग गर्ने निर्णय पनि गरें । जब म त्यस पुरुषको कोठामा पुगें, त्यहाँ छm बाहेक अरु कोही थिएन । हामीले आफ्नो काम स्वचालितरुपमा ग¥यौं । काम सकेपछि उसले मलाई ७५ डलर दियो, साथै १० डलर इनामस्वरुप दियो । १ घण्टामा आधा हप्ताको तलबबराबरको रकम कमाउन म सफल भएँ ।

रेडियो स्टेसनमै काम गर्ने एलिन नामकी साथीले मलाई विलासिता क्षेत्रमा अघि बढ्न सहयोग गरिन् । एलिन मभन्दा २ वर्ष जेठी थिइन् । उनी असाध्यै राम्री पनि थिइन् । सिकागोमा बस्ने एलिन रेडियोमा पार्ट टाइम जब गर्थिन् । एक दि दिउँसो अफिसमा उनले मेरो छेउमा आएर भनिन्– ‘अब तिमीलाई जोजफिनको ग्राहकसँग भेट्न आवश्यक छैन।’

‘मैले त सिर्फ अनुभव लिनको लागि मात्र…।’ यो वाक्य टुङ्ग्याउन नपाइै उनले बीचमै मेरो कुरा काटेर भनिन्– तिमी भोलि मेरो घरमा आऊ है डोलार्स। उनले मलाई निमन्त्रण दिइन, मैले पनि स्वीकृति जनाएँ।

भोलिपल्ट साँझ म एलिनको घरमा गएँ। उनले मलाई स्वागत गर्दै भनिन् म तिमीलाइ एउटा कुरा बताउन चाहन्छु।
त्यो कुरा के हो? – मैले उत्सुकतापूर्वक सोधें।

म वेश्याहरुको समूहकी संगिनी हुँ–उनले भनिन् । वेश्याहरुको त्यो समूहमा काम गर्नेलाई संगिनी भनिंदोरहेछ । त्यो समूहमा आएकाहरुले आफ्नो ग्राहकलाई आफ्नो सहयात्रीका रुपमा स्वीकार गर्दारहेछन् र उनीहरुलाई आफ्नो ग्राहकले के चाहन्छ भन्ने कुरा राम्रोसँग थाहा हुँदोरहेछ । उनीहरु उक्त पुरुषकी पत्नी नभए पनि ग्राहकसँग पत्नीजस्तै बनेर व्यवहार गर्दारहेछन् । यस सम्बन्धमा एलिनले मलाई सविस्तार बताइन् । एलिनको कुरा मलाई निकै रुचिकर लाग्यो । म पनि एलिनजस्तै साथीको खोजीमा थिँए। उनले मलाई वेश्यावृत्तिका सबै कुरा सिकाइन् । उनले एउटा प्रस्ताब राख्दै भनिन्– म तिमीलाई वेश्यावृत्तिको बारेमा जानेको जति सबै कुरा सिकाउँछु । तिम्रो लागि ग्राहक खोजिदिन्छु तर यो काम तिमीले मेरै फ्ल्याटमा गर्नुपर्छ र प्रतिग्राहक १५ डलरको हिसाबले मलाई पैसा बुझाउनुपर्छ । यो कुरामा म राजी भएँ।

त्यसपछिका दिनहरुमा उनले मलाई विभिन्न ग्राहकहरुसँग सम्पर्क गराइदिइन्। त्यसमध्य एकजना सम्भनलायकको छ। त्यो ग्राहकको अनुहार ‘स्टार वार’ फिल्मको नायक हेरिसन फोर्डको जस्तो थियो । उसको एउटा अचम्मको सोख रहेछ । उसलाई आइमाइको कपडा लगाउने आश्चर्य लाग्दो सोख रहेछ । ऊ पुरुष भएर पनि महिलाको पोशाकमा सजिएर वेश्याको सेला लिन मन पराउने अचम्मको पुरुष रहेछ। उसको जाम ‘हेन्स सोलो’ रहेछ ।

जब म उसको कोठामा पुगें, ऊ बेढंगकी आइमाईजस्तै देखिएको थियो । कोठामा ‘लेडिज सेन्ट’को गन्ध उडिरहेको थियो। रौंले भरिएको उसको गोडामा रेशमी मोजा पटक्कै सुहाएको थिएन। साथै त्यति महँगो जालिदार पेन्टी उसको उत्तेजित अङ्गमा पटक्कै सुहाएको थिएन । त्यही बेला एलिन कोठामा आइन् । एलिनले मलाई आफ्नो भूमिकाको बारेमा सिकाउन थालिन् । शुरुमा त एलिनले हेन्सलाई तिमी अति राम्रो देखिएका छौं भन्दै प्रशंसा गरिन् । केही क्षणपछि हेन्सलाई तिमी एकदै खराब बच्चा हो भनेरा गालि पनि गरिन् । उनले हेन्सलाई सजाय दिनुपर्ने कुरा गरेपछि ऊ सजाय भोग्न तयार भयो ।

एलनले हेन्सलाई उभिएर पलङमा हात टेक्न आदेश दिइन्। उसले त्यस गरेपछि एलिनले हेन्सको पेन्टी तर सारिदिएर कपाल कोर्ने ब्रुसे नितम्बमा विस्तारै कोरेजस्तो गरिन् । त्यति बेला हेन्स यनि उत्तेजित हुन थाल्यो कि ऊ हस्तमैथुन गर्ने तयारिमा जुट्न थाल्यो । यो देखेर एलिनले बेस्सरी गालि गरि हस्तमैथुन गर्नबाट रोकिदिइन् । हेन्सले पनि आज्ञाकारी बालकझैं बनेर एलिनको कुरा मान्यो ।

यो कुराको रहस्य नबुझेर मैले एलिनसँग सोधे–‘हेन्स वास्तवमा उत्तेजना प्राप्त गर्न मात्र यहाँ आएको हो?’ त्यति उत्तेजना प्राप्त गर्नको निम्ति यत्तिका पैसा खर्च गरेको कुरा बताउँदै घरमा जान्छ र श्रीमतिसँग सम्पर्क गर्छ ।

हेन्स वास्तवमा ‘म्यासोचिस्ट’ व्यक्ति थियो । युवतीको हातबाट हल्का चोट खाएपछि मात्र ऊ उत्तेजित हुन्थ्यो । उसकी श्रीमतिले उसलाई यस्तो गर्न सहयोग नगर्ने भएकाले मात्र ऊ हामी कहँ आएको रहेछ । योघटना जीवनमा मेरो लागि निकै आश्चर्यलाग्दो थियो । म रेडियोमा पनि नियमितरुपमा काम गरिरहेकी थिएँ । मेरो यो नयाँ कामको बारेमा कतिपय साथीहरुले थाहा पाएका थिए भने कतिले थाहा पाएका थिएनन् । मेरो पेसाबारे थाहा भए पनि नभए पनि मैले कसैलाई स्पष्टिकरण दिइरहनुपर्ने जरुरी पनि थिएन ।

यसै सिलसिलामा रेडियो भन्दा बाहिरको जिन्दगी निकै रंगीनमय रुपमा बितिरहेको थियो । म कामुक रेशमी पहिरनमा सजिएर सेन्दको बासना उडाउदै हिँड्ने पेसेवर वेश्या बनिसकेकी थिएँ । ग्राहकहरुले कस्तालाई मन पराउँछन् भन्ने कुरा मैले थाहा पाइसकेकी थिएँ । त्यसैले म त्यही रुपमा हिँड्थे, जुन रुपले ग्राहकहरुलाई उत्तेजित बनाउँथ्यो ।

यो पेसामा लागेर मैले जीवनको स्वतन्त्रतापूर्ण रुपमा उपयोग गर्न पाएकी थिएँ । मलाई नियन्त्रण गर्ने मबाहेक अरु कोही पनि थिएन । म के गर्न चाहन्र्थे, के गर्न चाहन्नथे, यो ममाथि नै निर्भर थियो । मलाई फोननजिक ग्राहकको प्रतीक्षामा बस्नुपर्ने अवस्था पनि थिएन। मेरो शरीर कस्तालाई सम्पने, कसलाई नसुम्पने भन्ने करामा पनि म स्वतन्त्र थिएँ । आफुलाई मन नमरेको पुरुषसँग कहिल्यै पनि सत्दैनथे ।
मकहाँ आउने धेरैजसो ग्राहकहरु आफ्नी श्रीमतिबाट नपाएको सन्तुष्टि प्राप्त गर्न आउँथे भने कोही चाहिँ श्रीमति विरामी भएर यौनसम्पर्क गर्न ग्राहकहरुले मसँग नयाँ–नयाँ अनुभवहरु छाडेर जान्थे । धेरैजसोले मसँग यौनसन्तुष्टि प्राप्त गरेपछि ‘आज त रातभरी मस्तले निदाएने भइयो’ भन्दै जान्थे ।

एलिनको फ्ल्याटमा मैले आठ महिना जति काम गरें । तयहाँ आउने नियमित ग्राहकको संख्या पनि बढ्दै गयो । नियामित ग्राहकसाग योजसम्पर्क राख्नु कतिको सुविधा हुन्छ भन्ने कुरा पनि मैले बुझिसकेकी थिएँ। साथै ती ग्राहकले मसँग के चाहेको हो, त्यो कुरो बुझपछि उनीहरुलाई यौनसत्तुष्टि दिन कुनै कठिनाइ हुँदैनथ्यो । नियमित ग्राहकले मसँग विशेष सुविधा खोज्ने, धेरै समय लिने तर पैसा बढाउन नमान्ने कारणले चाहिँ दिक्क पार्ने गथ्र्याे । कतिपय मेरा ग्राहकहरु सफल व्यापारी, इन्जिनियर र डाक्टर थिए । उनीहरुमध्ये धेरैजसोको यौनाङ्ग उत्तेजित नहुने समस्याबाट पीडित थिए । कतिपय ग्राहकहरुले मलाई लिएर घुमन जान्थे । मेरो एक जना ग्राहक जो सधैँ स्त्री पहिरनमा रहन मन पराउँथ्यो, ऊ यति द्विविधाग्रस्त थियो कि ऊ मबाट के चाहन्थ्यो भन्न पनि सक्दैनथ्यो। जब ऊ मकहाँ आउँथ्यो, त्यसपछि मलाई वातावरण नै बोझिलो लाग्थ्यो ।

ऊ जग्गा दलालीको काम गर्दाेरहेछ । प्रायः स्त्रीको कपडा लगाउँथ्यो । मैले मात्र नभएर एलिनले समेत उसलाई बुझुन सकिरहेकी थिइनन् । उसले सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउँथ्यो । एक दिन मैले उसलाई तिमी किन यस्तो लुगा लगाउँछौ भनेर सोध्दा उसले आफ्नी भाउजूले यस्तै कपडा लगाउने हुँदा उनकै नककल गरेको कुरा बतायो । जब ऊ ओछ्यानमा गएर सुत्थ्यो , त्यसपछि म निर्वस्त्र भई उसको सामुन्ने उभिन पुग्थें । त्यसपछि ऊ केटीको जस्तो स्वर बनाएर सोध्थ्यो – मैले यो कपडाभित्र के लगाएकी छु भन्ने गर्थै – पहिले तिमी देखाऊ अनि मात्र थाहा पाउन सकिनछ । त्यसपछि ऊ आफ्नो लुगा माथि साथ्र्यो र हस्तमैथुन गर्न सुरु गथ्र्यो र हसतमैथुन गर्न सुरु गथ्र्यौ । उसले रामै्र पारिश्रमिक दिन्थ्यो । एक पटकमा सय डलरसम्म दिन्थ्यो । ऊ हरेक हप्ता आउने गथ्र्यो । यो सिलसिला लामो समयसम्म रहन्थ्यो होला तर उसले दिएको चेक बैंकबाट ब्यालेन्स नभएको भनी पुष्टि भएपछि मैले उसलाई समय दिन छाडिदिएँ ।

यो पेसाबाट मैले रामै्र आम्दानी गरिरहेको बेलामा एलिनले एकाएक यो पेसा छाडेर बिहे गर्ने निर्णय गरेपछि मेरो व्यवसायमा परिवर्तन आयो। मैले क्यारेबियन समुद्र किनारका वेश्यालयमा काम पाइन्छ भन्ने कुरा सुनेकी थिएँ । आफ्नो भाग्य जमाउन लगभग एक वर्ष त्याहाँ बिताएँ । त्यहाँ बसेर काम गर्न सुरक्षित नभएको भन्ने ठानी म त्याहाँबाट फर्किएँ ।

त्याहँबाट फर्किएपछि मेरा परिचित वेश्या साथीहरुले मलाई मंगोलिया ब्लासमस मोडलिङ एजेन्सीकी मालिक्नी सारासँग भेटेर कुरा गर्ने सल्लाह दिए । त्यही अनुसार मैले एक दिन सारालाई फोन गरें । साराले मलाई एटलान्टाको वेश्या बजारसम्बन्धी सम्पूर्ण जानकारी दिइन्। उनले मलमई होसियारीपूर्वक काम गर्ने, प्रहरीबाट बच्न र गा्रहकरुलाई सही किसिमले ब्यवहार गनै सिकाइन् । मैले उनलाई भेट्ने इच्छा प्रकट गर्दा उनले भनिन् तिमीले मलाई कहिल्यै नदेख्नुमा नै कल्याण हुनेछ । त्यसैले मैले उनी कस्ती छन भनेर कहिल्यै दैख्न पाइन साराको धन्दा एउटा ठूलो भवनमा चल्थ्यो । उनी १८ देखी ४८ वर्षबीचका आइमाईहरुको लागि दलाली काम गर्थिन वेश्यालयकी एक जना उनकी १९ वर्षिय मोडल एक प्रसिद डाक्टरकी छारी थिइन । ३३ वर्षिय अर्की मोडल दुई छोराछारीको आमा थिइन् अर्कि एउटा अफिसरकी सेक्रेटरी थिइन र अर्कि एउटीचाही दिनभर डिपार्टमेन्टल स्टोरमा सेल्स गर्लको रुपमा काम गर्थिन भने रातभरि साराको लागि काम गर्थिन ।
मैले साराको भवनमा काम गनैको लागाी स्वीर्कत पाएँ । साराले मलाई घर छोडेर गा्रहकहरु भेट्न जाँदा एउटा कागजमा कहाँ कोसँग भेट्न जाँदैछु भन्ने कुरा लेखेर छाड्न सिकाएकी थिइन् । म वेश्या भएर साराकहाँ काम गर्दा कतिपय महिलाहरुले यो पेसा छोडेर गएको पनि देखैं । कतिपएले यही पेसाबाट नै जीवन गुजार्ने निर्णय पनि लिए)का थिए । धेरूजसो मेरा वेश्या साथीहरुले यो पेसामा लाग्दा उत्पन्न भएको खतरा देखिसकेका थिए ।

उनीहरुले साथीहरु लुटिएका मारिएका र प्रहरीले पक्राउ गरेर लगी यातना दिएका पनि देखिसकेका थिए तर मैले यस्तो केही पनि भोग्नुपरेको थिएन् मलाई यो पेसाबाट उत्पन्न हुने खतरा नै रोमान्टिक लाग्न थालेको थियो । प्रत्येक दिन नयाँ नयाँ गा्रहकसँग भेट्न जानु नै मेरो गुप्त मिसन थियो।

जन म ग्राहकसँग टेलिफोनबाट वार्ता गर्थे। मलाई मेरो कुराहरु अर्काेतिर टेप गरिदैछ भन्ने शका हुनासाथ कुराकानीको बीतमा पैसालाई ल्याउँदैल्याउन्नथें । यसबाट पैसको लागि शरीर बेच्ने युवती हुँ भन्ने प्रमाणित गर्न गाह्रो हुन्थ्यो । फेरि मसँग कुराकानी गर्ने पुलिस रहेछ र केस अदालतसम्म पुग्यो भने म मेरो टेपमा भरिएको कुराकानी अदालतमा प्रमाणको रुपमा पेश गरेर भन्न सक्थें– ‘योर अनर, तपाई नै भन्नुहोस् कि यो कुराकानीबाट म वेश्या हँु भन्ने प्रमाणित हुनसक्छ त?’

केही दिनपछि मैले एउटा छुट्टै वेश्याहरुको समूह बनाएर त्यसको नाम ‘हायर’ राखे । यस समूहको संस्थापक अध्यक्ष म नै थिए । यस संस्थाको प्रमुख उद्देश्य वेश्याहरुलाई एकत्रित पार्नु र उनीहरुमाथि भइरहेको अन्यायको विरुद्ध लड्नु थियो। केही समयपछि मैले हायर ग्रुपको लागि एक जना वकिललाई फोन गरे र कानुनी परामर्शको लागि समय चाहिएको बताएँ । त्यस बेला ती वकिल एउटा कानुन कलेजमा पढाउने गर्थे । उनको नाम माइकल हायाम्यान थियो । उनले मलाई उनको आफ्नै घरमा साँझको खाना खाने गरी निमन्त्रणा गरे ।

माइकल अति नै खाइलाग्दा र सुन्दर रहेछन् । कुराकानिका क्रममा मैले उनलाई मनमनै मन पराउन थालें । उनले मलाई उनकी श्रीमतिसँग राम्रो सम्बन्ध छैन भन्ने कुरा पनि बताए । यही समयमा उनीसँग शरीर सुम्पेर उनलाई आफ्नो बनाउन सकिन्छ भन्ने मलाई आग्यो । जब हामीुँगै खाना खान थाल्यौं । त्यसपछि मैले आफ्नो प्रेमीसँग भेट्न छोडेको कुरा बताएँ । यो कुरा सुनी उनी निकै हाँस्न थाले । उनको हाँसोलाई चिर्दै मैले भने– ‘म मेरो शरीर तिमीप्रति समर्पित गर्न चाहन्छु । ’

त्यसको केही दिनपछि माइकलले मलाई दोस्रो पछक डिनरको निम्ती आमन्त्रण गरे । त्यति बेला मैले यति रक्सी पिए कि जुन मात्रा पहिला कहिल्यै पिएकी थिइनँ । त्यतिखेर मलाई यौनको नशा पनि लागिरहेको थिायो । मैले उनलाई आफ्नो घरमा ल्याएर अँगालोमा कसिदिएँ। उनी पनि यसमा तयार भइहाले । माइकलले मसँग एक घण्टा जति आनन्द लिए । उनले मलाई त्यसअघि अनुभव नै नगरेको सन्तुष्टि दिए । म यौनतृष्णाबाट तृप्त भएर सुत्नै लागेकी थिएँ, त्यही बेला फोनको घण्टी बज्न थाल्यो ।

फोन एकजना ग्राहकले गरेको रहेछ । उसले मलाई तुरुन्तै आउन आग्रह ग¥यो । ऊ घण्टाको २ सय डलर दिन पनि राजी भयो । म यति राम्रो आम्दानी हुने मौका गुमाउन चाहन्नथें । यता माइकल पनि मस्तले निदाइसकेका थिए । मैले उनलाई घरमा एक्लै छोडि ढोकामा ताल्चा मारेर ग्राहकलाई भेट्न गएँ ।

म हिँडेपछि माइकलको आँखा खुलेछ । ताल्चा मारेको घरपभित्र आफूलाई एक्लै सुतिरहेको पाएपछि उनी बाथरुमको झ्यालबाट निस्केर आफ्नो घरतर्फ लागेछन् । दुई घण्टापछि म घर फर्किदा उनी त्यहाँ थिएनन् । शुरुमा त म आश्चर्यमा परें । पछि उनी झ्यालबाट निस्केर गएको थाहा पाएँ । त्यसपछि मैले तुरुन्तै माइकललाई फोन गरेर भनें –‘रक्सी खाएर बेहोस भई लड्ने व्यक्तिसँग मेरो व्यवहार चल्न सक्दैन । म फर्केर तिमीसँग फेरि यौनक्रीडा गर्न चाहन्थें तर तिमी भागिसकेका रहेछौ । यदि तिमीलाई भावनात्मक रुपमा पाउन सक्दिन भने म तिमीसँग फोकटमा सुत्न पनि चाहन्नँ । म आप्mनो समय र शारीरिक शक्ति नष्ट गर्न चाहन्नँ ।’

यो कुरा सुनेर माइकलले मसँग क्षमायाचना गरे । अनि उनी मसँग भावनात्मकरुपमा प्रेम पनि गर्न थाले । एक दिनको कुरा हो । म एउटा होटलमा ग्राहकलाई भेट्न गएकी थिएँ । त्यो ग्राहक वास्तवमा पुलसि रहेछ । उसले मलाई पक्रेर जेलमा थुनिदियो । केही दिनपछि म जमानतमा छुटें र सरासर माइकलको घरमा गएर बसें । सारा एटलान्टा सहरभरि त्यही एउटा सुरक्षित स्थल थियो, जहाँ म बस्दा पत्रकारहरुको आँखाबाट बच्न सक्थें ।

एटलान्टाको एक प्रसिद्ध पत्रिका ‘कन्स्टिच्युसन’ले मेरो बारेमा वेश्यावृत्तिको का मात्र नगर्ने भई वेश्याहरुको समूह नै चलाउने, लागूपदार्थ बेचबिखन गर्ने र अश्लील फोटोहरु बेच्नेजस्ता आरोपहरु लगाएर खबर छापिदियो । एटलान्टाको सबै टिभीहरुमा मेरो फोटो देखाइयो । त्यति बेला मलाई एटलान्टा सहरको एउटा ठूलो अपराधीको रुपमा देखाइएको थियो ।

म माइकलको घरमा सुरक्षित थिएँ । त्यो घरमा माइकलबाहेक अरु थपै्र भियतनामी शरणाथीहरु पनि थिए । उनीहरुलाई मप्रति ध्यान दिने फुर्सद नै थिएन । किनकि उनीहरु सबै जना आ–आप्mनै समस्याबाट ग्रस्त थिए । केही दिनपछि म र माइकल मिलेर एउटा अर्को वकिलको खोजीमा गयौं । हन त माइकल नै एउटा सफल र प्रसिद्ध वकिल थिए, तर पनि उनी मेरा प्रेमी थिए । कुनै पनि वकिललाई आप्mनी श्रीमती र प्रेमिकाको पक्षमा वकालत गर्न नपाउने नियम बनाइएको थियो ।

यसै कारणले हामीलाई अर्को वकिलको आवश्यता प¥यो । हामीले खोज्दै जाँदा ब्रुस मोरिस नामको एक प्रसिद्ध बकिललाई भेट्टायौं । उनी एटलान्टा सहरभरिमै नामुद वकिलमा गनिन्थे । मेरा सबै कुरा उनलाई बताएपछि उनले मेरो सम्पूर्ण केस राम्रोसँग नबुझेसम्स अदालतमा हाजिर हुन नपर्ने बताए ।

तर मेरा भाग्य नै खोटो भएर होला, अदालतले मलाई हाजिर नभएको भनी बारेन्ट जारी ग¥यो । यसको सूचना पत्रकारहरुले थाहा पाएछन् । उनीहरुले पत्रिकाको प्रथम पृष्ठमै ‘भगुवाइ डोलार्स फ्रेन्च’ भनेर छापिदिए ।

त्यसपछि मैले पत्रकार सम्मेलन गर्ने निर्णय गरें । सबै पत्रकार सम्मेलन गर्ने निर्णय गरें । सबै पत्रकारहरुलाई निमन्त्रणा गरी वेश्याहरुको अधिकारको बारेमा बिचार पोख्ने निर्णय गरेकी थिएँ । तर समयले न्यो परिस्थिति ल्याएन, स्थिति अर्को भयो । मेरो मुद्दा नै रद्द भयो । मैले लिखितरुपमा आफूलाई पक्राउ गर्न सहयोग गर्ने कुनै पनि व्यक्तिउपर कारबाही नगर्ने घोषणा गरें । न्यसको साथै अदालतले ममाथि कुनै कारबाही नगर्ने आश्वासन दिएपछि मैले स्वीकार गरिदिएँ । त्यसपछि म र माइकलबीच बिवाह भयो ।

विवाहपछि मैले माइकललाई बलान्कारीको पक्षमा कहिल्यै पनि मुद्दा नलड्न बाचा गराएँ भने उनले पनि मलाई बाहिरका तेस्रो व्यक्तिहरुसँग अभद्र काम नगर्न बाचा गराए । त्यसपछि मैले प्रशस्त मात्रामा पोस्टकार्ड किनेर मेरो विवाहको खबर सबै साथीहरुलाई दिएँ ।
माइकलका थुपै्र सरकारी साथीहरु थिए । उनीहरुसँग भेट्दा म अलि सावधान हुने गर्थे, किनकि म सहरभरिमै नामुद वेश्यामा परिणत भइसकेकी थिएँ । एक दिन माइकलले उनको साथी स्पिक्सलाई आप्mनी श्रीमती पक्राउमा परेको बताए । स्पिक्सले के कारणले गर्दा भनी साध्दा उनले सबै कुरा बताइदिए । त्यही दिनदेखि स्पिक्स माइकलको घनिष्ट साथीको रुपमा परिणत भएको थियो ।

मजस्ता नामुद पेसेवर वेश्यासँग बिहे गरेकोमा माइकललाई कसैले पनि घृणा र अपमानको दृष्टिले हेरेका थिएनन्, बरु उनका साथीहरुसँग अझ बढी मित्रता बढेको थियो । मलाई पनि कसैले घृणाको पात्रको रुपमा हेरेको थिएनन् । माइकललाई मेरो कामको बारेमा सबै जानकारी थियो । मेरो कुनै पनि ग्राहकसँग भावनात्मकरुपमा सम्बन्ध थिएन । पति–पत्नी र ग्राहकको बीचको सम्बन्ध धेरै फरक हुन्थ्यो । ग्राहकको सम्बन्धमा एउटा शरीरले महत्व भने पति र पत्नीबीचको सम्बन्धमा भावनात्मकरुपले प्रधानता पाउँछ । जब म घरबाहिर जान्थें तब माइकल चिन्तित हुन्थे । म घर फर्किने हो कि होइनजस्ता कुराले उनलाई सताउने गथ्र्यो । उनलाई ममाथि त विश्वास थियो तर सहरमा नामुद अपराधीहरुले मलाई ज्यान दिने धम्कीहरु बारम्बार दिने गरेपछि सहरमा अपराधीहरुसँग उनको पटक्कै विश्वास थिएन ।

हामीजस्ता महिलाहरु यस्ता अपराधीहरुकहाँ बारम्बार पुगिरहनुपथ्र्यो । प्रायः धेरैजसो साधारण व्यक्तिहरुलाई वेश्यासँग जीवन निर्वाह गर्न अत्यन्त कठिन हुने गर्दछ । यो पेसा निकै घृणित कार्य भएकाले मानिसहरु सरकारदेखि डराउने गर्थे । यो पेसामा लाग्न अत्यन्तै दरो मुटु चाहिन्छ ।

जबदेखि म माइकलसँग वैवाहिक जीवन बिताउन थालें, त्यो बेलादेखि मैले यस्तो काम गर्न छाडिदिएँ । जब म यस्तो काम गर्दैनथे तब मेरो यो खाली दिमागमा शैतानले डेरा जमाउन पुग्थ्यो । त्यो बेला म धेरै अघिका साथीहरुलाई सम्झिन पुग्थें, जसको साथमा मैले वषौंसम्म काम गरेकी थिएँ । आप्mनो कारमा एक्लै एउटा अपरिचित ग्राहकसँग नौलो ठाउँमा घुम्न जानु कम रोमाञ्चक हुँदैन । संसारका कुनाकाप्चाबाट आएका व्यक्तिहरुसँग बसेर कुराकानी गर्नु र उनीहरुसँग यौनजीवन विताउनु निकै रोमाञ्चकारी र जीवनकै आनन्ददायी क्षण हुने गर्दछ । यस्तो रोमान्टिक क्षणको उपभोग यदि कसैले गर्न पाउँछ भने त्यो हामीजस्ता वेश्याहरुले मात्र हो ।

म खुल्लारुपमा आपूmलाई वेश्या भन्न रुचाउँछु । वेश्या अति नै प्राचीन शब्द हो एउटा स्वाभाधिक प्रक्रिया भइसकेको छ कि कुनै पनि जवान स्त्री–पुरुषबीच यौनसम्पर्क हुनु कुनै ठुलो कुरा होइन । यसकै लागि त देवताले स्त्री र पुरुष रचना गरेका हुन् । आखिर को चाँहदैन र यौनसम्पर्क गर्न ? सेक्स भन्ने कुरा भगबान्को पालादेखि चलिआएको बासनात्मक क्रीडा हो ।

म एउटी वेश्या हुँ । आफूलाई वेश्या भन्न मलाई अप्ठ्यारो लाग्दैन । मैले जीवनको आधा भाग वेश्या भएर नै जिएकी छु भने आपूmलाई वेश्या भन्न के को लाज ?(यो आत्मकथा एउटी अमेरिकी प्रसिद्ध वेश्याको हो, जसको नाम डोलार्स फ्रेन्च हो । सन् १९९५ मा उनलाई एटलान्टा सहरका अपराधीहरुले चक्कु प्रहार गरी हत्या गरिदिए । पेसेवर अपराधीहरुको शिकार भएकी डोलार्स फ्रेन्चका हत्याराहरु अझै पनि पत्ता लगाउन सकिएको छैन ।)- अाेएसनेपालबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार