आज वि.सं. २०७४ साल फागुन २८ गते सोमबार, तदनुसार ई.सं.२०१८ मार्च १२ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्ष सबल बन्न्ेछ । स्वास्थ्यमा सुधार आउने छ । व्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनुहोला । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुने देखिन्छ । कडा परिश्रम गर्दा राम्रो लाभ हात पर्ने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ ।दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुने योग छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । निर्णय क्षमतामा कमी आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ ।निराशा र वैराग्यका भावनाहरू देखा पर्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो छैन । तर्कवितर्क वा विवादको स्थिति आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानातिना घरायसी काममा समय बिल्नेछ । प्रतिस्पर्धामा फाइदा हुँदैन ।मान्यजनसँग असमझदारी बढ्न सक्छ । तर वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । सन्तानको बारेमा खुसीका खबर सुन्न पाइने छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित केहीकुरामा विवाद हुनसक्छ तर तुरुन्त समाधान हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँ बाटो खुल्नेछन् । पारिवारिक सुख मिल्नेछ ।आँटेको काममा सफलता मिल्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । ठूलाबडाबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारबाट लाभ मिल्नेछ ।आर्थिक अवस्था सबल बन्न्ेछ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि लाभ लिन सकिने समय छ ।मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको अबसर प्राप्त होला । दिन रमाइलो गरी बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । रोकिएका कामहरू पूरा हुन थाल्नेछन् । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । मनमा हौसला जाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कर्मप्रति इमानदार र लगनशील भइने छ । निर्णयात्मक शक्ति बढ्नेछ ।रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ ।इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो क्षेत्रमा साख रहने जोगाउन सकिनेछ । गरेका काममा सफलता पाइने छ ।कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ ।ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार