फागुन २८, काठमाडौं । चलचित्र ‘भैरे’को लोकलयको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सान्नानी’ बोलको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार बुद्धि तामाङ, बर्षा सिवाकोटी र बिक्रान्त बस्नेत फिचर गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरिएको यो गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत छ भने सापकोटा आफैले यो गीतमा स्वर दिएका छन् । उनीसँगै यम बराल र मेलिना राईको पनि गीतमा स्वर छ ।

भिडियोमा बुद्धि र बर्षाको नृत्य गज्जब देखिएको छ । कोरियोग्राफर कविराज गहतराजको मेहनत पनि राम्रो देखिन्छ । छायांकार पुरुषोत्तम प्रधानको पनि प्रसंसा गर्न सकिन्छ । चलचित्र एभरेष्ट सूर्य बोहरले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्तको पनि मुख्य भूमिका छ । बनिष शाहको सम्पादन रहेको यो चलचित्रमा प्रेम प्रसाद पौडेल, देविमाया अधिकारीको लगानी छ । चलचित्र आउँदोबर्षको भदौमा प्रदर्शन गरिने बताइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार