फागुन १८, काठमाडौं । चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

यस चलचित्रको निर्देशन प्रदिप भट्टराईले गरेका हुन् । यो चलचित्र आगामी चैत्र ९ गते रिलिज हुँदैछ ।ट्रेलरमा सिनेमामा मुख्य कलाकारहरुलाई समावेश गरिएको छ ।ट्रेलरमा अनिभेत्री प्रियंका कार्की प्रहरीको भूमिकामा र आँचल शर्मा नर्सको भूमिकामा रहेको देख्न सकिन्छ ।

‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

हेर्नुहोस् ट्रेलरः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार