एजेन्सी । यो इटलीका एकजना प्रसिद्ध चित्रकार जियोवनी ब्रागोलिनले बनाएको पेन्टिङको कहानी हो । बनेको शुरुवाती समयमा धेरै ख्याती कमाएको त्यस पेन्टिङले बिस्तारी एकाएक कुख्याती कमाएको थियो ।

त्यस पेन्टिङलाई धेरैवटा दुर्घटनाहरुको जिम्मेवार मानिएको छ । जहाँ त्यस पेन्टिङलाई झुन्डाइन्थ्यो त्यहाँ कुनै न कुनै आपत आइलाग्थ्यो । चित्रकार जियोवनी ब्रागोलिनले साल १९८५ मा एउटा रोइरहेको बच्चाको पेन्टिङ बनाएका थिए । त्यस पेन्टिङको नाम ‘द क्राइङ ब्वाइ’ थियो ।

उक्त पेन्टिङलाई ब्रागोलिनको सर्वश्रेष्ठ कृतिको स्थान मिलेको थियो । जब क्राइङ ब्वाइको पेन्टिङलाई अत्यधिक मनपराइयो तब उनले त्यस पेन्टिङको श्रृंखला नै तयार गरेका थिए । पेन्टिङ यति चर्चित भयो प्रति एकको मूल्य त्यस समय नै ५० हजार थियो ।

ब्रागोलिनलाई चर्चित बनाएको त्यस पेन्टिङ चाढै नै उनको बदनामीको कारण पनि बन्यो । त्यस समय जतिले उनको पेन्टिङलाई किनेर घर लगेका थिए ती सबैको जिन्दगी बर्बाद भएको थियो । घरमा दुर्घटनाहरुको सिलसिला शुरु भयो ।

ती दुर्घटनाहरुसँग तस्वीरहरुको नाम तब जोडिन पुग्यो जब एक अग्निरक्षकको वयान सार्वजनिक भयो । ती दमकलकर्मीले आफु करिब १५ वटा घरहरुमा आगो निभाउनका लागि आफ्नो टिमसँग गएको र जहाँ पनि आफु गएको ती सबैमा क्राइङ ब्वाइको पेन्टिङ देखिएको दावी गरे । साथै उनले आगो लागेका घरहरुको सबै सामान जलेको तर हरेक घरमा त्यस पेन्टिङ भने सुरक्षित रहेको बताए ।

त्यसपछि उक्त पेन्टिङलाई श्रापित मान्न थालियो । मानिसहरुले त्यस पेन्टिङलाई घरमा राख्न छोडे । एक अखबारका अनुसार हेल्वीन चाडमा जलाइने बोन फायरमा प्रत्येक सडकहरुमा त्यस पेन्टिङको धेरै प्रतिलाई जलाइएको थियो । संयोग पनि त्यस्तै त्यस पेन्टिङलाई जलाएपछि दुर्घटनामा पनि कमि आएको थयो ।

 

साझापोष्टबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार